Comments Add Comment

लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई हरायो

१६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । सन् १९९४/९५ पछि प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्ने क्रममा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

३ खेलबाट ९ अंक जोडेको लिभरपुल कम्तिमा केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । डेभिड मोएज प्रशिक्षक रहेको म्यानचेष्टर युनाइटेडको लिगमा यो सिजनको पहिलो हार हो । म्यानचेष्टरको ३ खेलबाट ६ अंक छ ।

घरेलु मैदान एन्पिmल्डमा भएको खेलमा लिभरपुलले चौथो मिनेटमा नै ड्यानिअल स्टरेजको गोलबाट अग्रता लिएको थियो । २४ औं जन्मदिन मनाइरहेका स्टरेजले स्टफेन जेरार्डको कर्नर बलमा हेड गोल गरेका हुन् । खेलमा दुबै टोलीले केही राम्रा मौका पाएपनि गोल गर्न सकेनन् र स्टरेजको गोल नै लिभरपुलको जितका लागि पर्याप्त रहृयो ।

आइतबार नै भएको अर्को खेलमा स्वान्सीले वेष्टहृयामलाई २-० गोल अन्तरले पराजित गरेको छ । स्वान्सीको ३ खेलमा यो पहिलो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment