Comments Add Comment

ठाकुरले बुझाए प्रधानन्यायाधीशलाई राजीनामा

१७ भदौ । पुनरावेदन अदालत तुलसीपुर, दाङका अतिरिक्त न्यायाधीश मिहिर ठाकुरले कायममुकायम प्रधानन्यायाधीशसमक्ष राजीनामा दिनुभएको छ । डेढ महिनाअघि गत असार ३० मै राजीनामा दिँदा प्रधानन्यायाधीश शर्माले केही समय पर्खन आग्रह गरेपछि उहाँले राजीनामा फिर्ता लिनुभएको थियो । तर, आफ्नो असन्तुष्टिको सम्बोधन नभएपछि ठाकुरले बिहीबार राजीनामा बुझाउनुभएको हो ।

44294_418350136905_910881_nआफूभन्दा कनिष्ठलाई स्थायी न्यायाधीश बनाएर आफूलाई अतिरिक्तमै राखिएको भन्दै उहाँले आफ्नो कार्यकाल नसकिँदै स्थायी गर्न आग्रह गर्नुभएको थियो । तर, कामु शर्माले न्यायपरिषदको बैठकमा केही गर्ने आश्वासन दिए पनि न्याय परिषदका सदस्य रहनुभएका न्यायाधीश रामकुमारप्रसाद साह उपचारका लागि लामो समय बैंककमा बसेका कारण आफ्नो पदावधि सकिनु एक साताअगावै ठाकुरले राजीनामा दिनुभएको हो ।

आफूलाई स्थायी नगर्नुको कारणबारे जानकारी समेत नगराईको र अन्तरवार्ता दिने अवसर पनि नदिएकाले नैतिकताका आधारमा न्यायलयमा बसिरहन उचित नदेखेको ठाकुरले राजीनामा पत्रमा गुनासो गर्नुभएको छ ।

‘न्यायपरिषदको बैठकमा जान लाग्नुभएका प्रधानन्यायाधीशले मेरो कुरा त्यहाँ राख्ने भन्नुभयो । तर, मेरो कार्यकाल अब एक सप्ताहमात्र वाँकी रहेको र परिषदका सदस्य न्यायाधीश श्री रामकुमारप्रसाद शाहज्यू स्वास्थ्य उपचारार्थ केही समय अरु बैंककमै बस्नुपर्ने भएको हुँदा राजीनामा दिनुको अरु विकल्प नभएकोले राजीनामा दिएको छु ।’ – न्यायाधीश ठाकुरले भन्नुभएको छ ।

राजीनामा पत्रको पूर्ण ब्यहोरा :-

letter

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment