Comments Add Comment

संविधानविद भीमार्जुनलाई साइबर अपराधीको चुनौती

१७ भदौ, काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यलाई साइबर अपराधीले ठाडो चुनोती दिएपछि उहाँले सोमबारदेखि साइबर क्राइम कसरी नियन्त्रण गर्ने भन्नेबारे स्वअध्ययन थाल्नुभएको छ । डा. आचार्य टर्कीको स्तानबुलमा लुटिएको खबर ह्याकरले आचार्यको इमेलबाट प्रवाह गरेपछि आचार्यले यसलाई कानूनविदमाथि अपराधीले दिएको चुनौतीका रुपमा लिनुभएको छ ।bhimarjun acharya

पछिल्लो समय नाम चलेका केही नेपालीहरुको जिमेल ह्याक गरेर पैसा माग्ने साइबर क्राइम बढ्न थालेको छ । र, यसैको पछिल्लो शिकार बन्नुभएको छ, संविधानविद् डा. आचार्य । आचार्यको जिमेल आइडी ह्याक गरेर ‘म टर्कीको स्तानबुलमा लुटिएँ, पासपोर्ट, क्रेडिट कार्ड सबै लुटियो, मलाई सहयोग गर्नोस् भन्दै सर्वत्र इमेल गरिएपछि आचार्य सोमबार बिहान आश्चर्यचकित बन्नुभयो ।

आफ्नो जिमेल आइडी ह्याक गरेर यसरी फसाइएको थाहा भएपछि उहाँले यसबारे सबैलाई जानकारी गराउँदै सतर्क गराइसक्नुभएको छ । तर, यतिले मात्रे उहाँको चित्त बुझेको छैन । उहाँ अब संविधानको विषयमा मात्रै नभएर साइबर क्राइमका विषयमा पनि अनुसन्धानमा लागि पर्नुहुने भएको छ ।

ह्याक गर्नुअघि फर्म भर्न लगाइयो : आचार्य

आइतबार बेलुका आचार्यको जिमेलमा तपाईको इमेलको सेक्युरिटीका लागि थप र्फम फिलअप गर्नोस् भन्ने ब्यहोराको इमेल आयो । आचार्यले केही व्यक्तिलाई सोध्नुभयो, यो के हो ? साथीहरुले भने, यो त जिमेल कम्पनीले नै पठाएको हो, त्यसैले यसलाई रेस्पोन्स गर्नुभए हुन्छ । तर, दुर्भाग्य, जिमेलकै नामबाट आएको उक्त र्फम नै ह्याकरले पठाएको रहेछ र त्यही डाटाको माध्यमबाट आचार्यको जिमेल ह्याक गरिएछ ।’म जिमेलको र्फम भरेर सुतें, तर, त्यो त ह्याकरकै काम पो रहेछ, बिहान साथीभाइले फोन गर्दा पो म त झसँग भएँ ।’- कानूनविद आचार्यले अनलाइनखबरसँग भन्नुभयो, ‘यो त जिमेलकै विश्वसनीयतामाथि शंका भयो । साइबर अपराध बढ्न थालेको यसले संकेत दिएको छ, यसमा अब हामी सबैले सतर्क बन्नुपर्छ ।’Bhimarjun-1-

कानुनविदलाई नै चुनौती

आफ्नो जिमेल ह्याक भएपछि आफूले प्रहरीको साइबर क्राइम हेर्ने निकायसँग कुरा गर्न थालेको र यो घटनापछि साइबर क्राइमका सम्बन्धमा अध्ययनसमेत शुरु गरेको उहाँले बताउनुभयो । ‘यस्तो अपराध रोक्नका लागि अब हामीले अन्तरराष्ट्रिय रुपमै केही गर्न जरुरी देखियो ।’ उहाँले भन्नुभयो, ‘हामीजस्ता वकिलकै इमेल ह्याक गरेर साइबर अपराधीले ठूलो चुनौती दिएको मैले महसुस गरेको छु ।’ आचार्यलाई जस्तै यसअघि बीबीसीका पत्रकार नारायण श्रेष्ठको जिमेल आइडी पनि त्यसैगरी ह्याकरले प्रयोग गरेर स्तानबुलमै लुटिएको भन्दै सहयोग मागिएको थियो । अन्य व्यक्तिहरुको पनि जिमेल हृयाक गरेर यसरी पैसा माग्ने क्रम नेपालमा समेत बढेको छ ।Bhimarjun-2

 जिमेल ह्याक गरेर अभर परेको भन्दै सहयोग पठाइदिन आग्रह गरेपछि आफन्त र शुभचिन्तकहरुले उद्दारका लागि रकम पठाइदिने लोभले हृयाकरहरुले त्यसरी चर्चित व्यक्तिको जिमेल आइडी ह्याक गर्दै रकम माग्ने गरेका हुन् । कतै तपाई पनि यस्तो फन्दामा त पर्नुभएको छैन ? ख्याल गर्नुहोला । तपाई पनि इमेलमा नयाँ कुरा देख्नासाथ जथाभावी क्लिक गरेर र्फम भर्दै हुनुहुन्छ भने विचार पुर्‍याउनुहोला, आचार्यजस्तै ठगिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment