+
+
Shares

मलेसियामा गनिन्द्रको गजल वाचन

क्वालालम्पुर । अनामण्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाको संयुक्त संयोजनमा गजलकार “गनिन्द्र विवस”को एकल गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा अनाममण्डली मलेसियाका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा एवम् गनिन्द्र विवसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १७ गते १०:०२

रामचन्द्र नेपाल

क्वालालम्पुर । अनामण्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाको संयुक्त संयोजनमा गजलकार “गनिन्द्र विवस”को एकल गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा अनाममण्डली मलेसियाका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा एवम् गनिन्द्र विवसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।1

कार्यक्रममा विश्वनेपाली साहित्य महासंघका केन्दि्रय उपाध्यक्ष मनिराइ गोठाले, प्रकाश विसि त्यसैगरि साउदी अरवबाट अनलाइन अतिथीको रुपमा पञ्च विस्मृत निस्चल परदेशी,विश्वनेपाली साहित्य महासंग मलेसियाका अध्यक्ष जीवन देवान गाउँले, देवी प्रशाद ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । गजल, कबिता र मुक्तकको त्रिबेणि रुपमा रहेको कार्यक्रममा गजलले माहोल तताएको थियो ।2

कार्यक्रममा बिवसले करिब २ दर्जन सिर्जनाहरु वाचन गर्नु भएको थियो । कार्यक्रमको संचालन गजलकार श्रृजन श्रीले गर्नु भएको थियो । सोहि कार्यक्रममा साहित्यकार विवशलाई अनाममन्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाले सम्मान गरेको थियो ।3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?