१७ भदौ, काठमाडौं । निम्बसद्वारा सञ्चालित उपहार कार्यक्रम “शक्ति फिड, कुखुरा फिट, उपहार हिट” अन्र्तगत दोश्रो भाग्यशाली मोटरसाइकल विजेता लमजङ धमिलेकुवा निवासी कृष्ण गुरुङ बनेका छन् ।
चर्चित रङ्गकर्मी निशा अधिकारीले आज सोमबार गुरुङलाई मोटरसाइकल हस्तान्तरण गर्नु भयो । शक्ति पेलेट दाना उत्पादन गर्दै आइरहेको निम्बसले गत वैशाख १ देखि कुखुरा किसानको लागि उक्त उपहार योजनाको कार्यक्रम शुरु गरेको हो ।
उक्त योजनाअन्र्तगत हरेक शक्ति फिडको बोरामा भएको कुपन संकलन गरेर नजिकैको डिलरकहाँ जम्मा गरेबापत किसानले ५० देखि २०० सम्मको रिजार्च कार्ड एवं नोकियाको आकर्षक मोबाइल फोनसमेत प्राप्त गरिरहेका कम्पनीले जनाएको ।
नेपाली पोल्ट्री व्यवसायमा यस प्रकारको किसानमुखी योजना ल्याउने निम्बस पहिलो दाना उद्योग हो । यसअन्र्तगत हरेक महिना १ भाग्यशाली किसानलाई बजाज डिस्कभर १२५ एसटी मोटरसाइकल प्रदान गर्ने योजनाबमोजिम यसअघि चितवन निवासी श्रीकृष्ण थपलियाले मोटरसाइकल प्राप्त गरिसकेका छन् ।
निम्बसले किसानको हितार्थ गत मंसिर २४ गते घोषणा गरेको “शक्ति सहयोगी हात” अन्र्तगत हालसम्म बर्डफ्लु पीडित किसानलाई करिव २८ लाख रुपैयाँको राहत वितरण गरिसकेको छ ।
प्रतिक्रिया 4