Comments Add Comment

दसैंको टिकट असोज पहिलो साताबाट

१८ भदौ, काठमाण्डौं । दसैं-तिहारमा राजधानीबाहिर जान असोज पहिलो साताबाट अगि्रम टिकट बुकिङ खुला हुने भएको छ । उपत्यकाबाट दसैं-तिहारमा घर जाने यात्रुको सुविधाका लागि बुकिङ खोल्ने तयारी भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

‘असोज १ गतेबाटै टिकट बुकिङ खोल्नेगरी महासंघले आन्तरिक तयारी गरिरहेको छ,’ महासंघका केन्द्रीय कोषाध्यक्ष सरोज सिटौलाले भने, ‘देशभरका व्यवसायीलाई गाडीको अवस्थाबारे जानकारी दिन खबर पठाइसकेका छौं ।’

यस बर्ष १९ असोजमा घटस्थापना परेको छ । घटस्थापनादेखि अधिकांश शैक्षिक संस्था, कार्यालय र कारखाना बन्द हुने भएकाले सोही दिनबाट राजधानी बाहिरिनेको संख्या बढी हुने गरेको नयाँ पत्रिकामा खबर छ । घटस्थापनाको १५ दिन अघिबाट काउन्टर खुल्ला हुने गरी तयारी थालेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment