Comments Add Comment

नेवार उम्मेदवार खोज्दै मधेसी दल

१८ भदौ, काठमाण्डौं । आफ्नो उपस्थिति जनाउन उपत्यकामा मधेसी दलहरुले उम्मेदवारी दिने भएका छन् । उनीहरुले उपत्यकामा नेवार समुदायको भोट ल्याउन नेवार समुदायकै उम्मेदवार खोजी गरिरहेका छन् ।

काठमाण्डौं उपत्यकामा मधेसी दलहरुको उपस्थिति बलियो छैन् । तर, समानुपातिकको लागि उम्मेदवारी दिएर भोट बटुल्न र प्रतिनिधित्व जनाउन मात्र मधेसी दलले उम्मेदवारको खोजी गरेका हुन् । केही दिनभित्रै उपत्यकामा उम्मेदवारी दिने नेताहरुको नाम चयन गरिने मधेसी नेताहरुले बताएको नयाँ पत्रिकामा खबर छ ।

सद्भावना पार्टीले सोमबार र मंगलबार उपत्यकाका तीन जिल्लासहित हिमाली र पहाडी क्षेत्रका ५५ जिल्लाका नेताहरुको भेला गरेको छ । भेलामा उपत्यकामा उम्मेदवारी दिने नेताहरुको नाम तय हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment