Comments Add Comment

सिक्किममा पहिरोमा पाँच नेपाली भाषीको मृत्यु

१८ भदौ, काठमाण्डौं । भारतको पश्चिम सिक्किममा गएको पहिरोमा परी पाँच नेपाली भाषीको मृत्यु भएको छ । गएराति गएको पहिरोमा परी एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको हो । नेपाली भाषीको बाहुल्य रहेको स्थानमा पहिरो जाँदा इन्द्रमाया राई, उनका छोरा साजन राई, बुहारी देशमाया राई र दुई महिनाको नातिको मृत्यु भएको छ । त्यस्तै छिमेकी वीरबहादुर सुब्बाको पनि पहिरोमा परी ज्यान गएको छ । अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्दार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment