१८ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि बढेर १०७ रुपैयाँ नाघेको छ । बैंकहरुले हिजो १०५.५० रुपैयाँको हाराहारीमा डलर बिक्री गरेका थिए ।
आज मंगलबार विहान बैंकहरुले १०७ रुपैयाँभन्दा बढीमा डलर बिक्री गरिरहेका छन् । भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि बढेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर कायम रहेको छ ।
भारतमा आज विहान ६६.५० भारु अर्थात १०६.५० रुपैयाँमा डलरको सुरु कारोबार भएको छ । जुन हिजोको उच्चतम बिन्दुबाट ५० पैसे बढी हो । अमेरिकी डलरमा आयात प्रयोजनको लागि डलरको माग बढेपछि भारु अवमूल्यन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4