+
+
Shares

सिटिजन्स बैंकद्वारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते ६:०४

१८ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षमा गरेको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Citizen-Bank-International

बैंक सञ्चालक समितिको १२७ औं बैठकले उक्त निर्णय गरेको हो । बैंकको प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा पेश गरेर अनुमोदन गर्नुपर्छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ हुने गरी ३९ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?