१८ भदौ, काठमाडौं । सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँ बढेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ६० हजार २ सय रुपैयाँ तोकेको छ ।
महासंघले हिजो छापावाल सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ तोकेको थियो । त्यसैगरी, आज तेजाबी सुनको मूल्य ५९ हजार ९ सय ५० रुपैयाँ तय गरिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५३ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य १ हजार ३९ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4