Comments Add Comment

एमाओवादीले १ सय ८० सिट जित्छ : प्रचण्ड

१८ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टी १ सय ८० सिट जित्ने दावी गर्नु भएको छ ।

prachandaपहिलो चरणको चुनावी अभियानका क्रममा १ सय २० सिट जित्ने रिपोर्टिङ भएको भन्दै प्रचण्डले अब अभियान लिएर जनतामा जाने र १ सय ८० सिट जित्ने दावी गर्नुभयो । ललितपुरको खन्ना गार्मेन्टमा जनवर्गीय संगठनहरुको केन्द्रयि प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले छुट्टै पार्टी बनाएका मोहन बैद्य किरण समूह विखलबन्धनमा परेको बताउनु भयो । रिकणजीहरु पहरामा हुनुहुन्छ । हिड्ने बाटो छैन । सुरुङ खल्ने स्थायी छैन’ उहाँले भन्नुभयो-‘चुनाव अघि नै एकतामा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले बुढाबुढीलाई अनसनमा राखेर मार्न खोजेको भन्दै त्यसो भए डलरका खेती गर्नेहरु अपराधी हुने बताउनु भयो । द्वन्द्वकालका मुद्दा ब्यूँताउने हो भने माओवादीले पनि मुद्दा हाल्ने हो भने कांग्रेस र एमालेका सबै नेता थुनिने बताउनु भयो ।

फुजेल घटनाबारे मन्त्रिपरिषद् अध्यक्ष रिखलराज रेग्मीसँग छलफल भएको भन्दै उहाँले थुन्ने भए आफू र डा. बाबुराम भट्टराईलाई थुन्न भनेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment