Comments Add Comment

डलरको मूल्य १०९ रुपैयाँमाथि

१८ भदौ, काठमाडौं । आज अपरान्ह वाणिज्य बैंकहरुले अमेरिकी डलरको बिक्री मूल्य १०९ रुपैयाँभन्दा बढी तोकेका छन् । बैंकहरुले विहान १०७ रुपैयाँभन्दा केही बढी मात्र तोकेका थिए ।

dollor

अपरान्ह नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको बिक्री मूल्य १०९ रुपैयाँ र खरिद मूल्य १०७.८६ रुपैयाँ तोकेको छ । एभरेष्ट बैंकले पनि बिक्री मूल्य १०९ रुपैयाँ र खरिद मूल्य १०८.४० रुपैयाँ तोकेको छ ।

त्यस्तै, किष्ट बैंकले बिक्री मूल्य १०९.१० रुपैयाँ र खरिद मूल्य १०८.५० रुपैयाँ तय गरेको छ । केही बैंकले भने १०७ रुपैयाँकै हाराहारीमा कारोबार गरेका छन् । बैंकहरुले केही समयपछि बढ्न वा घट्न सक्ने अनुमानको आधारमा आफूलाई लाभ हुने गरी विनिमय दर तय गर्ने गर्दछन् ।

विहानभर भारतीय बजारमा अमेरिकी डलरको माग बढेपछि भारु अवमूल्यन भएको हो । नेपाल र भारतबीच स्थिर विनिमयदर रहेको छ । त्यसैले भारु अवमूल्यन भएअनुसार नेपाली मुद्रा पनि डलरसँग अवमूल्यन हुने गर्छ ।

भारतमा विहान अवेर भएको कारोबारमा डलरको मूल्य ६६.९० भारु अर्थात १०७ रुपैयाँभन्दा बढी कायम भएको थियो । गत शुक्रबार ६६ भारुमा बजार बन्द भएकोमा ९० पैसे बढेको हो । आज विहान भारतमा डलरको मूल्य ६६.५० भारुमा बजार खुलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment