Comments Add Comment

सरकारी बेवास्तापछि सरिता गिरीले आफैं अनसन तोडिन

१८ भदौ, काठमाडौं । सरकारले बेवास्ता गरेपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले आफैं असनसन तोड्नु भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनको विरोध गर्दै गिरी साउन २९ गतेदेखि आमरण अनशनमा बस्नु भएको थियो ।

सरकारले आयोगको प्रतिवेदन स्वीकृत गर्दै निर्वाचन आयोगमा पठाउने निर्णय गरेपछि सरकारसँग वार्ताको औचित्य नभएको भन्दै गिरीले मंगलबार अनसन तोड्नु भएको हो । सद्भावना पार्टीका उपाध्यक्ष रामवरण यादवले जुस पिलाएर अनसन तोनु भएको हो ।

सद्भावनाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पारित गरेको दिनलाई मधेसका लागि कालो दिन भनेको छ । साथै उसले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र राजनीतिक समितिमा रहेका नेताहरुको पुत्ला जलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment