१८ भदौ, काठमाडौं । पुँजी बजार सूचक नेप्से परिसूचक आज मंगलबार २.१२ अंकले घटेर ५४८.१७ अंकमा आएको छ । वाणिज्य बैंकको समूह सूचक ३.२ अंक घटेर ५२७.८१ अंकमा आएको छ ।
एक मात्र दोस्रो पुँजी बजार नेपाल स्टक एक्सचेञ्जमा आज १११ कम्पनीको कारोबार भएको छ । ती कम्पनीको १ हजार ९ सय ११ पटक कारोबार भएको थियो । कूल ४ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १७ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा छिमेक लघुवित्त विकास बैंकको ५३ रुपैयाँ घटेर ६४२, एभरेष्ट बैंक पि्रफरेन्स सेयर ३४ घटेर ८ सय ३४ र शाइन रेसुङ्गको २३ घटेर २१६ रुपैयाँमा कारोबार बन्द भएको छ । बीमा र फाइनान्स कम्पनीको समूह सूचकमा भने वृद्धि देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4