Comments Add Comment

यौनिक अल्पसंख्यकलाई प्रतिनिधित्व गराउँछौं : पौडेल

१८ भदौ, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ । ramchandra poudelसंविधानसभामा सबै समुदायको प्रतिनिधित्व आवश्यक रहेको भन्दै पौडेलले समलिङ्गी तेस्रोलिङ्गी समुदायको पनि प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।

 मंगलबार आफ्नै निवास बोहोरटार तेस्रोलिङ्गी मानव अधिकारकर्मीहरुसंगको भेटमा पौडेलले काठमाडौं क्षेत्र नं.९ बाट श्रेष्ठलाई समानुपातिक तर्फबाट संविधानसभा निर्वाचनमा सिफारिस गर्न आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । पौडेलले नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी श्रेष्ठलाई पार्टीप्रति प्रतिबद्धता जनाएर उम्मेद्वारी सिफारिसका लागि पहल गर्न श्रेष्ठलाई सुझाव दिनुभयो । पौडेलले मंसिर ४ गतेको निर्वाचनमा कांगे्रसले बहुमत ल्याउने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment