+
+
Shares

उमेद्वार बन्न नपाएपछि राष्ट्रपतिपुत्रले लेखे ‘नोट अफ डिसेन्ट’

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते १४:१५

१८ भदौ, धनुषा । राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवले धनुषा क्षेत्र न. ५ को उमेद्वारमा आफ्नो नाम सिफारिस नभएपछि नेपाली कांग्रेसको बैठकमा नोटअफ डिसेन्ट लेख्नुभएको छ । कांग्रेसले ०६४ को चुनावमा राष्ट्रपतिले जितेको धनुषा ५ बाट प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ५ उमेद्वारको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले धनुषा ५ बाट प्रत्यक्षतर्फ महेन्द्र यादव, कुमर कान्त झा र योगेन्द्र पञ्जियारको नाम सिफारिस गरेको छ । ३० सदस्यीय क्षेत्रीय समितिमा रहेका २८ जनाले प्रस्तावित नाममा सर्मथन गरेका छन् भने चन्द्रमोहन र रामइश्वर यादवले नोट अफ डिसेन्ट लेख्नु भएको छ । त्यसैगरी समानुपातिकतर्फ जिःल्ला सचिव कोमल कान्त झा, रामकञ्चन साह, मोहनकुमार माथेमा, इब्राहिम राय र लता सापकोटाको नाम सिफारिस भएको छ । राष्ट्रपतिपुत्र चन्द्रमोहनको नाम समानुपातिक र प्रत्यक्ष काँही पनि सिफारिसमा परेको छैन । ०६४ को चुनावमा रामवरण यादवले जितेको धनुषा ५ नं क्षेत्रमा उपनिर्वाचनमा उठेका चन्द्रमोहन एमालेका रघुवीर महासेठबाट पराजीत बन्नुभएको थियो । डा. यादव वीर अस्पतालको रेडियोलोजिष्टबाट राजीनामा दिएर बुबाको ठाउँमा चुनाव लड्नुभएको थियो ।

नेपाली कांग्रेसले धनुषा ३ नं क्षेत्रबाट कांग्रेस नेता विमलेन्द्र निधिको मात्र नाम सिफारिस गरेको छ । क्षेत्र नं ७ मा भने आनन्दप्रसाद ढुंगानाको नाममा विवाद भएको छ । क्षेत्र नं १ बाट राधा गोइत, विश्वेश्वर यादवसहित ३ जननको नाम सिफारिस भएको छ भने ६ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ दीपक कार्की, रामउदय यादव र विजयशंकर साहको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?