१८ भदौ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आगामी संविधानसभाको चुनावमा एमाले पहिलो पार्टी बन्छ भन्ने काँग्रेस र एमाओवादीलाई डर रहेको बताउनुभएको छ ।
युवा सङ्घ नेपालले मंगलबार आयोजना गरेको ‘पार्टी प्रवेश तथा निर्वाचन अभियान’ कार्यक्रममा नेता ओलीले काँग्रेसले आफ्नो दस्तावेजमा समेत एमालेको चर्को आलोचना गरेको बताउँदै एमाओवादीले समेत एमालेको सत्तोसराप गरिरहेको बताउनु भयो । मङ्सिर ४ गते निर्वाचन भएरै छाड्ने दोहोर्याउँदै उहाँले भन्नुभयो-‘यस पटकको संविधानसभाको चुनावमा एमाले पहिलो पार्टी बन्नेछ ।’
उहाँले निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहीत सम्पन्न गराउन युवा सङ्घ सदैव तत्पर रहने बताउँदै निर्वाचन भाँड्ने क्रियाकलापमा नलाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
युवा सङ्घका अध्यक्ष महेश बस्नेतले काँग्रेस र एमाओवादीले युवालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको आरोप लगाउँदै एमालेले युवालाई अझ जुझारु बनाउने बताउनुभयो । कार्यक्रममा कोटेश्वर, बौद्ध, कलङ्की, धर्मस्थलीलगायतका स्थानका विभिन्न पार्टीमा संलग्न तथा स्वतन्त्र ६०० भन्दा बढी युवा एमालेमा प्रवेश गरेका थिए । रासस
प्रतिक्रिया 4