+
+
Shares

आईटीलाई रोजगार होइन, जीवनशैली बनाउनुपर्छ : उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ४:२९

१९ भदौ, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले तल्लो तहदेखि नै कम्प्युटर शिक्षा अनिवार्य गरेर दश वर्षमा मुलुकको अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

can softech

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा आज सुरु भएको सुबिसु क्यान सफ्टेक २०१३ को उद्घाटन गर्दै उपराष्ट्रपति झाले सो विचार राख्नु भएको हो । यो मेला २२ गतेसम्म सञ्चालन हुनेछ ।

‘कक्षा १ वा नर्सरीदेखि नै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिनुपर्छ’, उहाँको भनाइ थियो, ‘अहिले स्कुल र विश्वविद्यालयमा गरी विद्यार्थीको संख्या ८० लाखभन्दा बढी छ, उनीहरुमा सूचना प्रविधिको राम्रो ज्ञान भएमा दश वर्षमै नेपालको रुप फेरिनेछ ।’

सूचना प्रविधि शिक्षालाई रोजगारीको लागि सिक्ने शिक्षाको रुपमा नलिई जीवनशैलीको रुपमा विकास गर्नुपर्ने उहाँको धारणा थियो । साना विद्यार्थीबाट शिक्षा सुरु गरेमा केही वर्षमा यो नेपालीको जीवनशैली बन्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।

विज्ञान प्रविधि मन्त्री उमाकान्त झाले यस क्षेत्रको एकीकृत विकासको लागि सरकारले समसामयिक सूचना प्रविधि नीति जारी गर्न लागेको जानकारी दिनुभयो । सूचना प्रविधिको क्षेत्रमा नेपालमा व्यक्तिगत र संस्थागत रुपमा विभिन्न प्रयास भएको उल्लेख गर्दै मन्त्री झाले त्यसलाई राष्ट्रिय स्तरमा संस्थागत गर्न नीतिको खाँचो रहेको बताउनुभयो ।

‘घर घरमा बसेर सफ्टवेयर विकास गर्ने, आउट सोर्सिङ्गको काम गर्ने गरेको पाइन्छ, कतिपय कानुनको दायरामा पनि आएका छैनन्’, मन्त्री झाको भनाइ थियो, ‘सबै कारोबारलाई वैधता प्रदान गरी एकीकृत गरेर राष्ट्रिय विकासमा यसको योगदान देखाउन नीतिले आवश्यक व्यवस्था गर्नेछ ।

नेपाललाई सफ्टवेयर, सर्भिसेस, सोलुसन्स र कम्प्युनिकेसन्स क्षेत्रको वैकल्पिक गन्तव्यको रुपमा स्थापित गर्ने उदेश्यले मेला आयोजना गरिएको क्यानले जनाएको छ । छिमेकी मुलुकहरु चीन र भारतले सूचना प्रविधि उद्योगबाटै ठूलो आर्थिक उन्नति गरिसकेको परिप्रेक्ष्यमा नेपालले पनि सफ्टवेयर उद्योगको विस्तारबाट आर्थिक विसकामा टेवा पुर्‍याउन सक्ने सम्भावना रहेको क्यानका महासचिव अमृतकुमार पन्तले बताउनुभयो ।

क्यानले पत्रपत्रिकामा प्रकाशित विज्ञापनको कटिङ्ग लिएर आउने आगन्तुकलाई सुरु दिन निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । मेला अवलोकनको प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ । क्यानले २००५ देखि सफ्टेक मेला आयोजना गर्दै आएको छ । यस पटकको मेलामा १ सय २० वटा स्टल रहेका छन् । गत वर्षको मेलामा ६५ वटा स्टल थिए ।

मेलामा सुबिसु केबिल नेटले निःशुल्क इन्टरनेट प्याक योजना ल्याएको छ । कम्पनीले १ हजारमा २५६/२५६ केबीपीएस अनलिमिटेड ब्रोण्डब्याण्ड इन्टरनेटको प्याकेज बिक्री गर्नेछ । ग्राहकले केवल च्यानल पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, सफ्टेकको अफिसियल बैंक सिद्धार्थ बैंकले टिकट खरिद गरेका अवलोकनकर्तालाई १०० रुपैयाँ ब्यालेन्स दिने योजना ल्याएको छ । मेलामा रहेको बैंकको स्टलमा गएर हेलो पसा वालेट एकाउन्ट खोल्ने ग्राहकले उक्त सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?