Comments Add Comment

आज पनि डलरको मूल्य १०९ रुपैयाँमाथि

१९ भदौ, काठमाडौं । आज बिहान नेपाल बैंकहरुले अमेरिकी डलरको बिक्री मूल्य १०९ रुपैयाँको हाराहारी तोकेका छन् । हिजो अपरान्हकै मूल्यलाई बैंकहरुले निरन्तरता दिएका छन् ।

Doller-Photo

नेपाल इन्भेष्टमेन्ट बैंकले आज विहान खरिद मूल्य १०८.०१ र बिक्री मूल्य १०९.१५ रुपैयाँ तोकेको छ भने नबिल बैंकले खरिद मूल्य १०८.०६ र बिक्री मूल्य १०९.२० रुपैयाँ तोकेको छ । त्यस्तै, एभरेष्ट बैंकले खरिद मूल्य १०८.६० र बिक्री मूल्य १०९.२० रुपैयाँ तय गरेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि डलरको खरिद दर १०८.४३ र बिक्री दर १०९.०३ रुपैयाँ निर्धारण गरेको छ । राष्ट्र बैंकले बैंकहरुसँग आफूले कारोबार गर्ने प्रयोजनको लागि मात्र विनिमय दर सार्वजनिक गर्ने गर्छ । वाणिज्य बैंकहरुले ग्राहकसँग कारोबार गर्ने दर आफैं तय गर्दछन् । भारुसँग नेरुको विनिमय दर स्थिर रहेको कारण भारतमा विदेशीको मुद्रा कारोबार हेरेर नेपाली बैंकले दर तय गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment