Comments Add Comment

धमला धादिङवाट काँग्रेसको कोटावाट समानुपातिकमा सिफारिस

१९ भदौ, काठमाण्डौ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम नेपाली काँग्रेसबाट आगामि संविधानसभाको समानुपातिक तर्फको सभासदका लागि सिफारिस गरिएको छ ।  उहाँको नाम नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर-२ को तर्फबाट सिफारिस गरिएको हो । दुई दिनसम्म बसेको क्षेत्रीय समितिको बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा छवि बनाएको र धादिङ जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको नाम सिफारिस गरेको हो ।rishi dhamala

क्षेत्रीय सभापति विनोद तिम्सिनाले पार्टीले विभिन्न तह र तप्कामा रहेर पार्टी र मुलुककालागि सकारात्मक भूमिका खेलेका ब्यक्तित्वहरुलाई समानुपातिक सूचिमा राख्ने नीति बनाए अनुसार पत्रकारिताको क्षेत्रबाट मुलुक,जनता र लोकतन्त्रको पक्षमा निरन्तर रिपोर्टर्स क्लब नेपालमार्फत खेलेको भूमिकालाई सम्मान गर्दै धमलाको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । धमलासँगै सोही क्षेत्रबाट चिजकुमार श्रेष्ठ, गोपाल विक, अम्बिका अधिकारी र उर्मिला थपलियाको नाम पनि समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर दुई काँग्रेसले प्रत्यक्ष तर्फबाट पार्टी सभापति रामनाथ अधिकारी, भीमप्रसाद ढुङगाना, रमेश धमला, डा राजाराम कार्की, शिवराज अधिकारी, नन्दप्रसाद रिजाल, रामकृष्ण अधिकारी,बद्री अर्याल र गेहेन्द्र मल्लको नाम सिफारिस गरेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment