Comments Add Comment

वेस्टर्न युनियनमार्फत पठाएको रकम मोबाइलमा

१९ भदौ, काठमाडौं । वेस्टर्न युनियनमार्फत पठाएको रेमिटान्स सिधै मोबाइल वालेटमा जम्मा हुने प्रविधि लागू भएको छ । वेस्टर्नको नेपालका लागि एक सोल एजेन्ट नबिल बैंकले यो सुविधा दिएको हो । फोनपे इ-सेवाको संयुक्त प्रयासमा सफ्टवेयरमा आधारित नयाँ मोबाइल मनि ट्रान्सफर सेवा सुरु गरिएको हो ।

western mobile wallet

यसबाट विश्वभरका दुई सयभन्दा बढी देशहरुबाट पठाइएको रकम मोबाइल वालेटमा सिधै जम्मा गर्न सकिनेछ । नेपालमा रहेका २ लाखभन्दा बढी इ-सेवा प्रयोगकर्ताले यो सेवा मिनेटभरमै प्रयोग गर्न सक्नेछन् ।

नेपालमा इ-सेवा मोबाइलमा दर्ता भएका ग्राहकले संसारभरका वेस्टर्न युनियन एजेन्ट लोकेसन र डिजिटल माध्यमबाट पठाइएको रकम केही मिनेटमा नै मोबाइल फोन वा इ-सेवाको वेभ ठेगाना इसेवाडटकमडटएनपी मार्फत प्रयोग गर्न सक्ने जनाइएको छ ।

यो सेवाले एजेन्ट लोकेसन नेटवर्कलाई सहयोग पुर्‍याउने फोनपेका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताउनुभयो । ‘मोबाइल सेवाहरुको माग निरन्तर रुपमा बढिरहेको बेला अन्तर्राष्ट्रिय मोबाइल रेमिटेन्सले ग्राहकहरुको परिवतिर्त आवश्यकता तथा मागहरुलाई समयसापेक्ष प्रभावकारी र सक्रिय रुपमा सम्बोधन गर्न सहयोग गर्नेछ’, उहाँको भनाइ थियो ।

इ-सेवाका वालेट प्रयोगकर्ताहरुले नबिल बैंकका एक हजार दुई सय एजेन्ट र सबएजेन्ट लोकेसन तथा इ-सेवाका नेपालमा रहेका तीन सयभन्दा बढी आउटलेटबाट रकम झिक्न सक्छन् । यो मोबाइल वालेटको खाता रहेको रकम ग्राहकले स्थानीयरुपमा रकम ट्रान्सफर गर्न, युटिलिटी सेवाको भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न र इ-सेवा मान्य वेभसाइटमा किनमेल पनि गर्न पनि सक्ने अलीले जानकारी दिनुभयो ।

 इ-सेवा नेपालमा एउटा डिजिटल भुक्तानी पोर्टल हो । यो एफ वान संकट इन्टरनेसनले विकास गरेको हो । यसको स्वामीत्व फोनपेसँग छ । यसको संजालमा ३१ भन्दा बढी बैंकहरु सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment