Comments Add Comment

निम्बसले थप्यो बर्डफ्लू राहत कोषमा २ करोड, १२ किसानलाई राहत प्रदान

१९ भदौ, काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्डफ्लू पीडित किसानलाई राहत दिने स्किम सञ्चालन गरिरहेको निम्बसले राहत कोषको रकम वृद्धि गरेको छ ।

nimbus rahat

कम्पनीले चालू आवको लागि ७५ लाखको राहत कोषको व्यवस्था गरेको थियो । उक्त रकममा करिब २ करोड थप गरी राहत कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा घोषणा गरेको राहत कोषमा २९ लाख ३२ हजार रुपैयाँ मौज्दात रहेको जनाएको छ ।

कुखुराको दाना उत्पादन गर्ने कम्पनी निम्बसले मुलुकका विभिन्न स्थानमा बर्डफ्लूको संक्रमणबाट क्षति व्यहोरेका किसानलाई राहत वितरण गरेको छ । बुधबार बेलुकी आयोजित कार्यक्रममा कम्पनीले १२ किसानलाई राहत प्रदान गरेको जानकारी गरायो ।

बर्डफ्लूले कुखुरा क्षति भएपछि मर्कामा परेका किसानलाई निम्बसले राहत दिएको छ । क्षतिको मात्रा बढेपछि कम्पनीले राहत कोषको रकम पनि बढाएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “निम्बस सहयोगी हात” अभियान सञ्चालन गर्दै आइरहेको छ । सो अभियानअनुसार गत वर्षदेखि बर्डफ्ल्यू पीडित किसानलाई राहत प्रदान गर्ने योजना बनाएको हो ।

कम्पनीले राहत कोषलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले नेपालभर रहेका अधिकृत बिक्रेतालाई समेत यस कार्यक्रममा सहभागी गराएको छ ।

कम्पनीले घोषणा गरेको राहत रकम प्राप्त गर्न पूर्वशर्त पालना गर्नुपर्छ । राहत रकम प्राप्त गर्न ६ महिनादेखि निरन्तर रुपमा शक्ति दानाको प्रयोग गरिएको हुनुपर्छ र सो विषय सम्बन्धित अधिकृत बिक्रेताले प्रमाणित गर्नुपर्छ ।

व्यावसायिक रुपमा पालिएका लेयर्स तथा ब्रोईलर कुखुरा पालक किसानलाई मात्र यस योजनाले समेट्ने गर्छ । प्यारेण्ट, कोइलर, अण्डा, मासु, दाना, हृयाचरीमा रहेका चल्ला तथा अन्य पंक्षी एवं पंक्षीजन्य बस्तुहरुमा भएको क्षति यस योजनाबाट बहन नहुने कम्पनीले स्पष्ट पारेको छ ।

By Anand Bagaria, MD, Nimbus

nimbus rahat 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment