Comments Add Comment

भारतमा नक्कली नेपाली नोटको छापाखाना !

ध्रुव भट्टराई

१९ भदौ, बिराटनगर । भारतका विभिन्न स्थानमा एकहजार दरका नेपाली नक्कली नोट छपाएर भारतीय गिरोहले नेपाल भित्राउने गरेको रहस्य बिराटनगर प्रहरीले पत्ता लगाएको छ । बिराटनगरको जोगवनी नाकाबाट प्रहरीले आठ थान एक हजार दरका नक्कली नेरुसहित एक भारतीय किशोरलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । नेपालमा नक्कली भारुको कारोबार हुने गरेको भारतीय पक्षले आरोप लगाइरहेका बेला नक्कली नेपाली नोटको छापाखाना भारतमा रहेको खतरानाक तथ्य पहिलोपटक उजागर भएको छ । स्रोतका अनुसार नक्कली नेरुसहित भारतीय नागरिक पक्राऊ परेको यो पहिलो घटना हो ।nakkali-note-1000-2

भारतको अररिया जिल्ला पलासीथान-३ घर बताउने १७ वर्षीय किसनकुमार भगतलाई बिराटनगरस्थित जोगवनी नाका हुँदै नेपाल भित्रिँदै गर्दा नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । भारतीय नागरिक भगतलाई नक्कली नेपाली नोटसहित नियन्त्रणमा लिएपछि प्रहरीले नक्कली नोटसहित उनलाई सार्वजनिक गरेको छ । बिराटनगरको रानीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले भगतका साथबाट एउटै नम्बर (ख ३ ००८१७९) उल्लेखित आठवटा एक हजार दरका नोट फेला पारेको छ ।

सबै नोटको नम्बर एउटै, सक्कलीसँग दुरुस्तै

भगतका साथबाट प्रहरीले फेला पारेका आठवटै नोटको नम्बर एउटै छ । राष्ट्र बैंकले जारी गरेको कुनै पनि नोटको नम्बर एउटै हुँदैन । भारतमा छापेर नेपाल भित्र्याइएका यी नोटहरु झट्ट हेर्दा सक्कलीजस्तै देखिने भएका भुक्किनेखालका रहेका छन् । नक्कली नोट छाप्नेले आठ वटामात्रै नछापेको हुनसक्ने भएकाले भारतमा छापिएका यस्तो नोटहरु बिराटनगरमा अरु पनि भित्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।  भारतको पलासिथानमा पान पसल चलाउँदै आएका भगतले आफुलाई पान पसलमा आएका ग्राहकले सो नोट दिएको प्रारम्भिक वयानमा बताएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिनुभयो ।nakkali-note-1000-1

ठूलै गिरोह रहेको आशंका

नेपाली नोट भारतमा नचल्ने भएकाले पनि भगतको वयानमा सत्यता नभएको भन्दै प्रहरीले भारतमा नेपाली नोट छाप्ने ठूलै गिरोह हुनसक्ने अनुमान गरेको छ । भगतलाई नेपालमा पैसा भित्राउन उक्त गिरोहले प्रयोगमात्रै गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भारतमा नक्कली नोट बनाउने गिरोहसँग मिलेर नेपालमा नक्कली नोटको कारोवारमा नेपालीहरुको समेत संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।chor-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment