+
+
Shares

सहकारीको प्रभावकारी अनुगमन गर्न ऐन परिवर्तन गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ११:३७

काठमाडौँ, १९ भदौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आगामी वर्षदेखि सहकारी क्षेत्रमा कलम चलाउने एक जना सञ्चारकर्मीलाई “राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार” दिने घोषणा गरेको छ ।

sahakari patrakar samaj (1)

संस्थाको दोस्रो वाषिर्क उत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष यादव हुमागाईले सहकारी क्षेत्रमा कार्यरत पत्रकारको प्रोत्साहनका लागि पुरस्कार दिने घोषणा गरिएको जानकारी दिनुभयो ।

पुरस्कारका लागि संस्थाले अक्षय कोष बनाउने र सोही कोषबाट प्रत्येक वर्ष एक उत्कृट सहकारी समाचार प्रकाशन/प्रशारण गर्ने एक जना संचारकर्मीलाई पुरस्कृत गरिने जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको नाममा ‘स’ पनि नजानेका व्यक्तिले संस्था खोलेर सिंगो सहकारी क्षेत्र बदनाम गराएको बताउनुभयो । व्याजको लोभमा सर्वसाधारण सहकारीमा फसेको उहाँको भनाइ थियो ।

सहकारीमा निक्षेप सिमा लगाउन लागिएकोप्रति आपत्ति जनाउदै बडालले भन्नुभयो, “एक/दुई सहकारीको कारण देखाएर राज्यले नियन्त्रणकारी सोच राख्नु हुँदैन ।”

सहकारी विभागका रजिष्टार केदार न्यौपानेले अहिले भइरहेको सहकारी ऐन परिवर्तन नगरी सहकारी क्षेत्रका समस्या समाधान नहुने भन्दै सहकारी ऐनको संशोधनको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा उपभोक्ता केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दीपकप्रसाद पौडेल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष ऋषिराज घिमिरे र नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष गणेश बस्नेतले समाज परिवर्तनका लागि सहकारीले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

नेपाल आर्थिक पत्रकार समाज-सेजनका अध्यक्ष प्रदिप चापागाईलगायतक उपस्थित संचारकर्मीले समाजलाई सफलताको सुभकामना दिएका थिए ।

सहकारी विटमा कलम चलाइरहेका संचारकर्मीको साझा संस्थाको रुपमा सहकारी पत्रकार समाज स्थापना भएको हो । हाल नेपालमा दर्ता भएका करिब ३० हजार सहकारीमा ४५ लाख सर्वसाधारण आवद्व छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?