१९ भदौ, काठमाडौं । पुँजी बजार सूचक नेप्से ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । आज नेप्से २.६७ बिन्दुले घटेर ५४५.५ अंकमा आएको छ ।
आज वाणिज्य बैंकहरुको समूह सूचकमा २.८४ अंकको गिरावट आई ५२४.९४ अंक कायम भएको छ । बीमा समूह, फाइनान्स कम्पनी समूह र विकास बैंक समूहका सूचक पनि घटेका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा १०८ कम्पनीको १ हजार ६ सय ५२ पटक कारोबार भएको छ । ४ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १५ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो । बजार पुँजीकरण ५ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ पुगेको एक्सचेञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4