Comments Add Comment

एमालेद्वारा केन्द्रीय निर्वाचन सचिवालय गठन

१९ भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले पार्टी सचिव युवराज ज्ञवालीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सचिवालय गठन गरेको छ ।

सचिवालयमा प्रदीप नेपाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, भीम रावल, केशवलाल श्रेष्ठ, अग्नि खरेल र बिन्दा पाण्डे रहनुभएको छ ।

पार्टी अध्यक्ष तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजक झलनाथ खनालको अध्यक्षतामा मंगलबार पार्टी मुख्यालय मदननगरमा बल्खुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य वामदेव गौतम, विद्यादेवी भण्डारी, युवाराज ज्ञवाली र शंकर पोखरेलको उपस्थिति रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment