Comments Add Comment

नेपाली बजारमा भित्रिए जोलो स्मार्टफोन

२० भदौ, काठमाडौं । भारतीय मोबाइल उत्पादक कम्पनी लाभाले उत्पादन गरेका जोलो ब्राण्डका स्मार्टफोन नेपाली बजारमा बिक्रि सुरु भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी डिजिटलले बुधबार साँझ काठमाण्डौमा एक कार्यक्रम गरी स्मार्टफोनका चारवटा मोडल सार्वजनिक गर्‍यो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र लाभा इन्टरनेशनल लिमिटेडका निर्देशक एसएन राईले नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरे । कार्यक्रममा  Q700, Q1000, Q 600, Q 1000s र A500s मोडल नेपाली बजारमा बिक्रि सुरु गरिएको जानकारी दिइयो ।

xolo1सवै मोडलमा जेलिबिन ४.२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ भने डिजाइन आर्कषक छन् । जोलो स्र्माटफोनमा एचडी डिस्प्लेयुक्त ४ देखि ५ इन्च साइजको स्क्रिन रहेको छ भने क्वाड कोर प्रोसेर प्रयोग गरिएको छ । नेपालमा सार्वजनिक गरिएका सवै मोबाइलमा ८ जीवी मेमोरी रहेको छ । यी मोबाइलको मूल्य १३ हजार रुपैयाँदेखि सुरु हुन्छ ।

आगामी दिनमा जोलोका नयांनयां मोडल नेपाली बजारमा सार्वजनिक गर्ने जानकारी सीजी डिजिटलले दिएको छ । जोलोले केही समयभित्रै एन्डोइड अपरेटिङ सिस्टमयुक्त ट्यावलेट पनि सार्वजनिक गर्न लागिएको बताइएको छ ।
सन् २०१२ बाट जोलो ब्राण्डमा स्मार्टफोन उत्पादन गर्न थालेको लाभाले दुई बर्षको बिचमा ग्राहकको आबश्यकतालाई ध्यान दिंदै नयांनयां मोडलका स्मार्टफोन बजारमा ल्याएको छ ।

xolo2

xolo3

xolo4

xolo5

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment