Comments Add Comment

डलरको मूल्य १०५.५० रुपैयाँमा झर्‍यो

२० भदौ, काठमाडौं । आज अमेरिकी डलरको मूल्य हिजोको तुलनामा झण्डै ४ रुपैयाँले घटेको छ । बैंकहरुले आज डलरको बिक्री मूल्य १०५.५० रुपैयाँको हाराहारी तय गरेका छन् । हिजो १०९ रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए ।

Doller-Photo

आज विहान नबिल बैंकले डलरको खरिद दर १०४.२८ र बिक्री दर १०५.४० रुपैयाँ तोकेको छ भने एभरेष्ट बैंकले खरिद दर १०५.०५ र बिक्री दर १०५.६५ तोकेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकले खरिद दर १०४.३८ र बिक्री मूल्य १०५.५० रुपैयाँ तय गरेको छ ।

आज विहान भारतमा भारु प्रतिडलरमा १३८ पैसेले अधिमूल्यन भएको छ । आज विहान इन्टर बैंक फरेन एक्सचेञ्ज मार्केटमा एक डलर बराबर ६५.६९ भारु कायम भएको छ । हिजो अघिल्लो दिनको तुलनामा ५६ पैसे बढेर डलरको मूल्य ६७.०७ भारु पुगेको थियो ।

raghuram_g_rajan

आरबिआईका नवनियुक्त गभर्नर रघुराम राजनको मुद्रा गिरावटलाई सच्चाउने घोषणा तथा निर्यातक र बैंकहरुले डलरको बिक्री बढाएको कारण बजारमा प्रभाव देखिएको अनुमान गरिएको छ ।

गभर्नर रघुराम राजनले निर्यातकहरुको लागि फरवार्ड एक्सचेन्ज करारहरुको पुनः बुक रद्द गर्ने सीमिततालाई बढाउने घोषणा गरेका छन् । साथै भारुलाई सहयोग पुर्‍याउन डलर कोष र विदेशी मुद्रा गैरआवासीय निक्षेप (एफसीएनआर) स्वापिङ्गको लागि विशेष सुविधाको व्यवस्था गर्ने उनले बताएका छन् ।

घुरामले २३ औं गभर्नरको रुपमा हिजो बुधबारबाट कार्यभार सम्हालेका हुन् । उनको सामु तत्काल भारतको गिर्दो आर्थिक वृद्धिलाई उल्टाउनु र मौदि्रक प्रणालीलाई स्थायित्व दिनु मुख्य चुनौती रहेका छन् ।

गत अपि्रलदेखि जुनमा भारतको आर्थिक वृद्धि ४.४ प्रतिशत भएको छ, जुन चार वर्षकै न्यून हो । त्यस्तै, जनवरी यता भारुको मूल्य अमेरिकी डलरसँग २० प्रतिशतले अवमूल्यन भएको छ ।

उनले भारुको मूल्यमा विश्वास र स्थायित्व कायम गर्नु केन्द्री बैंकको मुख्य जिम्मेवारी भएको बताए । वित्तीय स्थायित्वको साथै उनले समावेशी वृद्धि र विकास पनि आफूले प्राथमिकतामा राखेको बताए ।

राजनले यही सेप्टेम्बर २० मा पहिलो मौदि्रक नीति सार्वजनिक गर्नेछन् । उनले संचारकर्मीसँग भने, ‘मैले लिने केही कदम लोकपि्रय हुने छैनन् । केन्द्रीय बैंकको नेतृत्वको अर्थ भोट प्राप्त गर्नु वा फेसबुकमा लाइक पाउनु होइन ।’

नोभेम्बरसम्म उपभोक्ता मूल्य सूचकलाई खुद्रा लगानीकर्तासँग लिंक गरेर उनले मुद्रास्फीति सूचित बचत प्रमाणपत्रहरुको इस्यूलाई सम्बोधन गर्ने बताए । जसले मुद्रास्फीतिबाट लगानीलाई संरक्षण गर्न स्फीतिभन्दा बढी प्रतिफल दिनेछ । अहिले भारतमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशतको हाराहारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment