Comments Add Comment

सेना लगाएर चुनाव गरे भिडन्त हुन्छ : गजुरेल

२० भदौ, काठमाण्डौ । नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले सेना प्रयोग गरेर जवरजस्ती निर्वाचन गर्न खोजे मुलुकमा मुठभेड र द्वन्द्व उत्पन्न हुने चेतावनी दिनु भएको छ । उहाँले सेना प्रयोग गरेर गरिने निर्वाचनलाई कसैले पनि मान्यता नदिने ठोकुवा गर्नु भयो ।cp gajurel  रिपोर्टर्स क्लब नेपालले विहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा गजुरेलले भन्नुभयो,’सेना परिचालन गर्नु भनेकेा संकटकाल लगाउनु हो । त्यसपछि निर्वाचन पनि हुन सक्दैन । मुलुक द्धन्दमा जान्छ । त्यस्तो अवस्थामा हुने निर्वाचनतलाई कसैले मान्यता दिदैन । ‘

यद्यपि उहाँले कार्टर सेन्टर लगायतका अन्तर्राष्ट्रिय पर्यबेक्षकहरु अहिलेनै निर्वाचनलाई निष्पक्षताको सर्टिफिकेट दिन तयार भएर बसेको आरोप लगाउनु भयो ।  गजुरेलले संबैधानिक ब्यवस्था विनाको गोलमेच सम्मेलन आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पार्नु भयो । उहाँले दलहरुले सहमति गरे जस्तो संबैधानिक आधार विनाको सर्वदलीय सम्मेलन आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि संविधानमा संसोधन गरेर त्यसलाई उल्लेख गर्नु पर्ने बताउनुभयो ।

गजुरेलले भन्नुभयो,’दलहरुले आपसी सहमतिको आधारमा गरिने प्राईभेट गोलमेच हामीहरुलाई मान्य हुन सक्दैन । संबैधानिक ब्यवस्था सहितको गोलमेच हुनु पर्छ । नभए कसैले पनि त्यसको निर्णय स्विकार्दैनन् ।’ उहाँले दलहरुको सहमतिमा राष्ट्रपतिले सहजीकरण गरेर गोलमेच सम्मेलनको आब्हान गर्नु पर्ने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि निर्वाचनको मिति सार्ने विषयमा राजनीतिक समितिमा रहेका दलहरुले मनस्थिति बनाउनु पर्नेमा वताउनुभयो । उहाँले भन्नुभयो,’चार दलले समस्या समाधान गरेर निर्वाचन गर्ने हो भने मिति सार्न तयार हुनु पर्छ । ‘

गोलमेच सम्मेलनमा सकेसम्म सर्वसहमति, त्यो नभए दुई तिहाई वा सामान्य बहुमतको विधीबाट निर्णय गर्न सकिने भन्दै उनले त्यसबाट हुने सबै निर्णय आफूहरुलाई स्विकार्य हुने बताउनुभयो । गजुरेलले अहिले विवादित रहेको निर्वाचनको मिति र सरकारको विषयमा पनि गोलमेच सम्मेलनबाटै टुङग्याउनु पर्नेमा जोड दिनुभयो ।एकीकृत माओवादीसँग पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै गजुरेलले सबै क्रान्तिकारी नेता र कार्यकर्ताहरुले छाडेको देखेपछि प्रचण्डले एकताको राग अलाप्त थालेको दावी गर्नु भयो । उहाँले भन्नुभयो,’पार्टी एकता र सहकार्य हुने भए पार्टी फुट्दै फुट्दैन थियो । यो त समयको आवश्यकताले बनेको पार्टी हो । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment