Comments Add Comment

सशस्त्र प्रहरीको भर्नामा १८ हजार अनुत्तीर्ण

२० भदौ, काठमाडौं । सशस्त्र प्रहरी जवानको प्रारम्भिक शारीरिक परीक्षणमा करीब १८ हजार अनुत्तीर्ण भएका छन् । परीक्षा प्रणालीमा सुधार गरेपछि लिइएको परीक्षामा ५ हजार ९ सय १४ उत्तीर्ण भएका छन् ।

दुई हजार ६ सय सशस्त्र प्रहरी जवान भर्नाका लागि सशस्त्र प्रहरी बलले दरखास्त आह्वान गरेकोमा २४ हजार ६ सय ६८ जना सहभागी भएका थिए । प्रारम्भिक शारीरिक परीक्षणमा उचाइ, तौल, छाती तथा साधारण वियरिङको जाँच गरिएको थियो । यसैगरी साधारण वियरिङतर्फ अंगभंग, कुरुप, लुरे, हातखुट्टा बाङ्गा टिङ्गा र औंलाहरु ठीक नभएको तथा घुँडा जोडिएको वा फाटिएको नहुनु पर्ने प्रावधान छ ।

छनौट प्रक्रियामा सबैभन्दा धेरै काठमाडौंको बलम्बुमा ६ हजार ६ सय ८९ जना परीक्षार्थी सहभागी भएका थिए । उनीहरुमध्ये २ हजार २ सय ८० जना उत्तीर्ण भएका छन् । प्रारम्भिक शारीरिक परीक्षणमा पास भएकाहरुको लिखित परिक्षा भदौ २२ गते हुने सशस्त्र प्रहरीले जनाएको छ । लिखितपछि शारीरिक सहिष्णुता परिक्षा हुनेछ । भर्ना छनौट कार्य निश्पक्ष भइरहेको भन्दै सशस्त्र प्रहरीले कसैले परिक्षामा उत्तिर्ण गराई दिन्छु भन्दै सम्पर्क गर्न आएमा सशस्त्र प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

विगतको भर्नामा केही त्रुटीका कारण न्युनतम स्वास्थ्यको मापदण्ड बाहिरका केही व्यक्ति छनौट हुन पुगेपछि सशस्त्र प्रहरी बलको भर्ना प्रकृयामा यसपल्ट व्यापक सुधार गरिएको थियो ।

सशस्त्रको प्रवक्तामा श्रेष्ठ

यसैबीच सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तोकिनुभएको छ । यसअघि नायव महानीरिक्षक नारायणबाबु थापा प्रवक्तामा हुनुहुन्थ्यो । उहाँ पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनी पोखरामा सरुवा भएपछि श्रेष्ठ प्रवक्ता तोकिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment