+
+

बहुर्राष्ट्रिय कम्पनीले नेपालमा उच्च नाफा गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ८:५९

२१ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघ र चेक उद्योग परिसंघबीच बिहीबार व्यापार तथा लगानी विस्तार र आपसी सहयोगका विषयमा मिलेर काम गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

cni chek

उक्त अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले दुवै देशका उद्योगी व्यवसायीको औपचारिक सम्बन्ध स्थापित गरेर संयुक्त रुपमा अगाडि बढ्ने चाहनालाई मूर्त रुप दिन समझदारी गरिएको बताउनुभयो ।

‘नेपाली तथा चेक उद्योगी व्यवसायीहरु बिच लगानी तथा व्यापारका सम्भावित क्षेत्रका विषयमा बिजनेश टु बिजनेश (बी२बी) तहमा सहकार्यमार्फत दुवै पक्षको हित अभिवृद्धि हुने गरी काम गर्न यो समझदारी कोशेढुङ्गा सावित हुनेछ’ अध्यक्ष बस्न्यातले भन्नुभयो ।

उक्त अवसरमा चेक उद्योग परिसंघका अध्यक्ष जारोस्लाभ हानकले यस समझदारीले चेक लगानीकर्तालाई नेपालमा तुलनात्मक लाभका सम्भाव्य क्षेत्रमा ध्यान केन्दि्रत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चेक गणतन्त्रको राजधानी प्रागमा भएको नेपाल-चेक व्यावसायिक गोष्ठीमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरीभक्त शर्माले नेपालमा व्यवसायिक वातावरण विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

‘अहिलेसम्म नेपालमा स्थापना भएका अधिकांश बहुराष्ट्रिय कम्पनीहरुले राम्रो प्रतिफल प्राप्त गरी छोटो समयमा नै लगानी फिर्ता गरी अहिले खुद नाफामा सञ्चालित छन्,’ उपाध्यक्ष शर्माले भन्नुभयो, ‘त्यसैले चेक लगानीकर्तालाई पनि सगरमाथाको देशमा लगानी गरी स्वर्गीय सुन्दरताका साथै आकर्षक प्रतिफलको आनन्द लिन म आग्रह गर्दछु ।’

परिसंघको राष्ट्रिय परिषद सदस्य तथा नेपालका लागि चेक गणतन्त्रका अवैतनिक वाणिज्य दूत बिष्णु अग्रवालले अहिले नेपाल राजनीतिक संक्रमणबाट आर्थिक विकासको बाटोमा अगाडि बढ्दै गरेकाले आफ्नो व्यवसाय र प्रविधि विस्तारका लागि चेक लगानीकर्ताका लागि उपयुक्त अवसर हुन सक्ने धारणा राख्नु भयो ।

त्यसैगरी सोही दिन परिसंघको प्रतिनिधि मण्डलले चेक सरकारको वातावरण मन्त्रालयका प्रथम उपमन्त्री मार्थिन प|mेडरिचका साथै चेक नविकरणीय ऊर्जा विभागका उच्च अधिकारीबीच पनि आपसी हित र सहयोगका विषयमा छलफल भयो ।

सो अवसरमा नेपालमा स्वच्छ ऊर्जाको विकासका लागि आवश्यक लगानी तथा प्रविधि विकासका विषयमा छलफल भएको थियो । सो कार्यक्रममा गैर आवासीय नेपाली संघ चेकका अध्यक्ष जितेन्द्र रायमाझी र उपाध्यक्ष क्षत्र अधिकारीका साथै स्थानीय उद्योगी व्यवसायीहरुको व्यापक उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?