+
+
Shares

वरिष्ठ अधिवक्ता शम्भू थापाको ल फर्ममा राजश्वको छापा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते १०:११

२१ भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भू थापाको ल फर्ममा छापा मारेको छ ।

shambhu thapaविभागले शुक्रबार दिउँसो पुतलीसडकस्थित थापाको ल फर्म लिगल एडभाइजरी फोरममा छापा मारेको हो । ‘१५ जनाजति प्रहरीसहितको टोली आएको थियो । मेरो प्राइभेट ल्याटपट, सीपीयू र दुईवटा भ्याटविल प्याड लिएर गएको छ’ थापाले अनलाइनखबरसँग भन्नुभयो-‘मेरो ल्यापटपमा क्लाइन्टसँगको लिडसमेत छ ।’ विभागले थापालाई २५ गते आफैं विभागमा उपस्थित हुन भनेको छ ।

अधिवक्ता थापालाई राजश्वको टोलीले थमाएको पत्रमा सबै यन्त्र, विद्युत सामाग्री दिन भनिएको छ । राजश्व चुहावट भएको भनी यस विभागमा प्राप्त सूचनाको आधारमा यस र्फम/कम्पनीको कारोवारस्थल/गोदाम लगायत कारोबारसँग सम्वबन्धित स्थानको खानतलासी लिई मालसामान तथा कागजात कब्जामा लिनु पर्ने भएकाले यो पत्र लेखिएको छ’ विभागका महानिर्देशक खुमराज पुञ्जालीको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ-‘यो पत्र लिइ यस विभागबाट खटिई आएको टोलीलाई खानतलासी गर्न, कारोबारसँग सम्वन्धित कागजात, खातावही एवं विद्युतीय माध्यम लगायतका टोलीले उपयुक्त सम्झेका अन्य सूचना, कागजात एवं प्रमाणहरु कब्जामा लिने, आवश्यकता अनुसार सलछाप गर्ने कार्यहरु निर्वाध रुपमा गर्न दिई सहयोग पुर्‍याउन हुन राजश्व चुहावट -अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजित जानकारी गराइन्छ ।’

खिलराज र लोकमानको षड्यन्त्र : थापा

वरिष्ठ अधिवक्ता थापाले आफूविरुद्ध मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र अख्तियार प्रमुख लोकमानसिंह कार्कीले षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । ‘वकिल भनेको त ज्ञान बचेर बस्ने हो’ थापाले भन्नुभयो- ‘मैले उनीहरुको विरोध गरेकाले खिलराज रेग्मी र लोकमान मेरा विरुद्ध लागेका हुन् । वकिललाई सैनिक शासनमा पनि यस्तो गरिँदैन ।’ नागरिक आन्दोलनका अगुवा थापा अघिल्लो संविधानसभामा उम्मेदवार समेत बन्नु भएको थियो ।

अरुमा पनि छापा

यस्तै राजश्वको टोलीले जनचेतना ल फर्म र चार्टर एकाउन्टेन बीके अग्रवालको कार्यालयमा पनि छापा मारेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठित पेशाकर्मीहरु डाक्टर, इन्जिनियर, वकिल र चार्टर एकाउन्टेन्टले कारोबार लुकाएर कर छलेको आशंकामा राजश्वले छानविन थालेको हो । वकिलहरुले बुद्धि बेच्ने भए पनि उनीहरुलाईसमेत सरकारले करको दायरामा राख्ने अन्तरराष्ट्रिय प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?