+
+
Shares

बाढीले घर बगाउँदा एकको मृत्यु, ४ बेपत्ता

२२ भदौ, धरान । सुनसरीको पाँचकन्या ५, साउनेमा शुक्रबार राति ९ बजे गएको बाढी र पहिरोले पाँचजनाको परिवारै बगाएको छ । बगेका मध्ये चारजना अझै फेला परेका छैनन् । सुनसरी जिल्लाका साथै धनकुटामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडकसमेत बगाउँदा धरान-धनकुटा यातायात अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २२ गते ७:३९

गोपाल दाहाल

२२ भदौ, धरान । सुनसरीको पाँचकन्या ५, साउनेमा शुक्रबार राति ९ बजे गएको बाढी र पहिरोले पाँचजनाको परिवारै बगाएको छ । बगेका मध्ये चारजना अझै फेला परेका छैनन् । सुनसरी जिल्लाका साथै धनकुटामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडकसमेत बगाउँदा धरान-धनकुटा यातायात अवरुद्ध भएको छ ।

धरानबाट-६ किलोमिटर पूर्वोत्तरमा पर्ने साउनेका मनकुमार लिम्बु, उहाँकी श्रीमती दिलकुमारी लिम्बु, माईला छोरा कृष्ण लिम्बु, कान्छा छोरा सुनिल लिम्बु र पाहुना आएका दिलकुमारीका दाजुलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बगाएकामध्ये एकको शव चारकोशे झाडीमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय देउराली खानेपानी उपभोक्ता एवं सरसफाई समितिका अध्यक्ष मनप्रसाद लिम्बुका अनुसार सेउती खोलाको पुल समेत बाढीले बगाएपछि साउनेमा उद्धारका लागि समेत घटनास्थलमा कोही पनि जान सकेको छैन ।

साउने गाउँ भएर बग्ने सेरा खोलामा समेत ठूलो बाढी आएकाले इटहरीतिरबाट पनि जान सक्ने अवस्था छैन । स्रोतले दिएको जानकारी अनुसार भिरालो जमीनमा रहेको सानामुखेको घर पहिरोले बगाएर सेरा खोलामा मिसाएको थियो ।

सोही ठाउँका नरबहादुर राईको घर पनि खोलाले कटान गरेर जोखिममा पारेको छ । खोलाले देउराली खानेपानी, ठिंगाबारी खानेपानी, साउने खानेपानी, सैरेनी खानेपानी र पानबारी खानेपानी आयोजनाका मुहानै बगाएपछि ती गाउँका बासिन्दा खानेपानीबाट समेत बञ्चित भएका छन् । सेरा खोलाको माङखाङमा रहेको पानीको मुहान बाढीले बगाएपछि करिब १ करोड बराबरको क्षति भएको लिम्बुले बताए ।

त्यस्तैगरी धरान-१५ र पाँचकन्या जोड्ने निराजनवस्ति स्थित सेउती खोलाको काठको पुल बगाउँदा पाँचकन्यावासीको धरान आवत-जापत गर्ने बाटो बन्द भएको छ । शनिबार विहान बाढीले काठको पुल बगाएपछि दैनिक धरान आवात-जावत गरेर जीविकोपार्जन गर्ने पाँचकन्यावासीहरु समस्यामा परेका छन् । झिंगु समाजले दाहसंस्कार स्थल बनाउने भनेर खोलाको जाली हटाएका कारण खोला फर्किएर पुल बगाएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पहिलोले १३ घर पुरियो

धनकुटामा गएको पहिरोले एक दर्जनभन्दा बढी घर पुरेको छ । मुलघाट नजिकै शुक्रबार साँझ गएको पहिरोले मुलघाटबाट दक्षिणमा रहेका महाभारत, बुढिमोरङ र भेडेटार गाविसका १३ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । कोशी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात सेवा अवरुद्ध भएको छ । उक्त राजमार्गका तीन किलोमिटरको क्षेत्रमा पहिरो खसेको र उक्त पहिरो हटाउने प्रयास भइरहेको प्रहरीको भनाई छ । यद्यपी पानी आउनेक्रम जारी रहेकाले हटाउन समस्या भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सडकको दुवैतर्फ सयौं सवारीका साधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?