Comments Add Comment

बन्दको बाबजुत पनि ‘ढुवानी’को कार र्‍याली सफल

एकिकृत नेकपा माओबादीले अकस्मात उपत्यका बन्दको आह्वान गरेपछि चलचित्र ‘ढुवानी’को कार र्‍याली एकाएक प्रभावित भएको थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको कार र्‍यालीलाई बन्दले प्रभावित बनाएपछि धेरै पत्रकार र अतिथीहरु भृकुटीमण्डपबाट नै फर्किए ।dhuwani-car-rallyतर बिहान ११ बजेबाट कार र्‍यालीलाई स्कटिङ गरि संचालनमा ल्याइएको छ । निर्मात्री कविता श्रेष्ठले बन्दको बाबजुत पनि कार र्‍याली सफल भएको बताइन् । कार र्‍यालीमा चलचित्रकर्मी, पत्रकार तथा ‘ढुवानी’ यूनिट सहभागी छ । काठमाण्डौको सडक ढुवानीमय भएपछि दर्शकहरुले उत्साह पूर्वक चासो देखाएका छन् । उनीहरुले ढुवानीको बिषयमा चासो राखेको निर्मात्री श्रेष्ठको तर्क छ ।

सिनेमाको प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाइरहेको समयमा ‘ढुवानी’ यूनिटले एक नयाँ प्रयोग थालेको छ । मञ्जिल श्रेष्ठले लगानी गरेको यो सिनेमालाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रले चेलिबेटी बेचबिखनको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ । यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment