+
+
Shares

यस्तो छ बिराटनगर बसपार्कको दुर्दशा

२२ भदौ, बिराटनगर । प्रमुख औद्योगिक शहर, उपमहानगरपालिका एवं पूर्वी नेपालमा सबैभन्दा बढी सवारी चाप हुने बिराटनगरमा बसपार्कको हालत हेर्ने हो भने सिंगै शहरको इज्जतमा हिलो लाग्छ । व्यवस्थित बसपार्क अभावमा सावारी साधान व्यवस्थापनमा समस्या हुँदै आएको बिराटनगर १५ मा रहेको हालको बसपार्क हिउँद याममा धुलाम्य र वर्षा याममा हिलाम्य हुने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २२ गते ८:३५

ध्रुव भट्टराई

२२ भदौ, बिराटनगर । प्रमुख औद्योगिक शहर, उपमहानगरपालिका एवं पूर्वी नेपालमा सबैभन्दा बढी सवारी चाप हुने बिराटनगरमा बसपार्कको हालत हेर्ने हो भने सिंगै शहरको इज्जतमा हिलो लाग्छ । व्यवस्थित बसपार्क अभावमा सावारी साधान व्यवस्थापनमा समस्या हुँदै आएको बिराटनगर १५ मा रहेको हालको बसपार्क हिउँद याममा धुलाम्य र वर्षा याममा हिलाम्य हुने गरेको छ ।

काठमाडौंलगायत नेपालगञ्ज, धनगढी, महेन्द्रनगरदेखि पूर्वी पहाडी जिल्ला इलाम, सखुवासभा, खाँदबारीलगायतका जिल्लाबाट दैनिक रूपमा विराटनगर भित्रिने सार्वजनिक सवारी साधन साँगुरो बसपार्कका कारण राख्नलाई समस्या हुँदै आएको छ । पछिल्लो समय विकासको गति लिएको इटहरी तथा बिर्तामोडमा एक वर्ष अगाडि नै सुविधासम्पन्न वसपार्क निर्माण भइसकेको अवस्था छ ।

biratnagar-bus-park-1

दुई दशक अगाडि निर्माण भएको यो बसपार्कको हालसम्म स्तरोन्नति समेत नगरिँदा बसपार्क हिलो धापमा परिणत हुन थालेको छ । बसपार्क निर्माण गर्ने उपमहानगरपालिकाले लिएको योजना पनि एक वर्षयतावाट नगर विकास कोषमा प्राविधिक प्रतिवेदन थन्किएपछि अलपत्र परेको हो ।

उपमहानगरपालिकाले ११ महिनाअघि तयार पारेको प्रतिवेदनलाई अनुदानकर्ता जर्मन विकास बैंकले अस्वीकृत गरेपछि बसपार्कको निर्माण योजना नगर विकास कोषमा अलपत्र बन्दा निर्माण योजनाले हालसम्म मूर्त रुप लिन सकेको छौन । बिराटनगर उपमहानगरपालिकाले ११ महिनाअघि बसपार्क निर्माणका लागि लगानीको ९० प्रतिशत रकम उपलव्ध गराउने आग्रहका साथ जर्मन विकास बैंकलाई नगर विकास कोषमार्फत प्रतिवेदन बुझाएको थियो ।

साविकको बसपार्कमा सुविधा सम्पन्न व्यापारिक महलसहितको नयाँ बसपार्क निर्माणका लागि बिराटनगर नगरपालिकाले प्राविधिक मूल्याङ्कन कार्ययोजना तयार पारी कोषलाई पठाए पनि लगानीको ९० प्रतिशत रकम उपलव्ध गराउने प्रस्ताव बैंकले स्वीकृत नगर्दा योजनाको काम रोकिन पुगेको साझेदारी संस्था नगरविकास कोषका निमित प्रवन्धक विनोद न्यौपानेले बताउनुभयो ।

। उपमहानगरपालिकाले तयार पारेको प्रतिवेदनमा बसपार्क निर्माण भन्दा पनि विशेषतः व्यापारिक महललाई विषेश जोड दिएर प्रतिवेदन तयार पारेपछि असन्तुष्ट जनाउँदै बैंकले अस्वीकृत गरेको अनलाइनखवरलाई न्यौपानेले बताउनुभयो ।

biratnagar-bus-park

नगरविकास कोषका अनुसार उपमहानगरपालिकाले कुल लगानीको ७५ प्रतिशत व्यापारिक महलका लागि खर्च लाग्ने र बाँकी रकममात्र वसपार्क निर्माणमा लगाउने प्रतिवेदन कोषमार्फत बैंकलाई पठाएको थियो । बैंकले बसपार्कलाई पहिलो प्राथमिकतामा राखेको भए पनि उपमहानगरपालिकाले प्रतिवेदन तयार पार्दा व्यापारिक महललाई विषेशस्थान दिएपछि योजनाले मेल खान नसकेको न्यौपानेले बताउनुभयो । बैंकले प्रतिवेदन पुनःमूल्याङकन गर्न भने पनि उपमहानगरपालिकाले प्रतिवेदन तयार पार्ने कार्यमा तदरुपता नदेखाउँदा योजना बन्नेमा थप अन्यौल सिर्जना हुन पुगेको हो । वैकले बसपार्क निर्माणका लागि १८ करोड रुपैया कोषलाई अनुदान दिने र सोही रकम कोषले नगरपालिकालाई ऋण उपलव्ध गराउने सम्झौता भएको थियो ।

निर्माण शुरू गरिएको दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित बसपार्क निर्माणका लागि जर्मन विकास वैकवाट कोषलाई प्राप्त हुने अनुदान रकम नगरबिकास कोषले बसपार्क निर्माणका लागि ऋण उपलव्ध गराउने नगरपालिका र कोषबीच डेढ वर्ष अघि दुईपक्षीय सम्झौता भएको थियो ।

बैंकले चाहे अनुरुपकोप्रतिवेदन निर्माणका लागि आफुहरुले काम गर्ने तयारीमा जुटेको कार्य योजना विराटनगर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर उमेशप्रसाद ओझाले वताउनुभयो ।

दुई दशकअघि निर्माण भएको २ विघा क्षेत्रफल ओगटेको बसपार्कले पछिल्लो समय सवारी चाप थेग्न नसकेपछि विराटनगरमा नगरपालिकाले २२ करोड लगानीमा नयाँ बसपार्क निमार्ण गर्ने योजना अघि ल्याएको थियो ।

उपमहानगरपालिकाले गएको वर्ष गरेको एक सर्वेक्षण अनुसार विराटनगरमा हाल ३ सयको हाराहारीमा सवारी साधनको दैनिक आवागमन हुने गरेको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिले दिएको जानकारी अनुसार लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन ५० को संख्यामा रहेका छन् भने छोटा दुरीका सवारी साधन डेढ सयको हाराहारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?