Comments Add Comment

हाम्रो नेतृत्वमा एमाओवादीसँग पार्टी एकता : विप्लव

२२ भदौ, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्दले एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीवीच पार्टी एकता सम्भव रहेको बताउनु भएको छ ।

biplabएक टेलिभिजन अन्तरवार्ताका क्रममा विप्लवले पार्टी एकताको विषयमा एमाओवादीका अध्यक्ष प्रचण्डसँग पटक पटक कुराकानी भएको बताउनुभयो । यद्यपि पार्टी एकता आफूहरुको नेतृत्वमा हुन पर्ने उहाँको भनाई छ ।

पहिला जनपरिचालन गर्ने र त्यसपछि पनि परिवर्तन हुन नसके हतियार उठाउने भन्दै उहाँले क्रान्तिको नेतृत्व गर्दै आफू प्रधानमन्त्री बन्ने दावी गर्नुभयो । माओवादी सचिव विप्लवलेसंविधानको अन्र्तबस्तुमा सहमति नभई गोलमेचबाट सहमति हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-‘असफल भईसकेको संविधानसभालाई ब्यूँताएर संविधान बन्न सक्दैन । संविधानका अन्र्तबस्तुमा सहमति जुटाएर संविधानसभा बाहिरैबाट संविधान बनाउनुपर्छ ।’

आफूहरुको सहमति विना मुलुकमा निर्वाचन नै हुन नसक्ने भन्दै उहाँले निर्वाचन असफल बनाउने धेरै रणनीतिहरु तयारी अवस्थामा रहेको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment