Comments Add Comment

सरकारले चुनाव भाँड्न खोजेको एमाओवादी आरोप

२२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारले चुनावको वातावरण भाड्न खोजेको आरोप लगाएको छ । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा पार्टी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ परेपछि माओवादीले द्वन्द्वकालका घटनालाई लिएर कार्यकर्ता धरपकड र गिरफ्तार रोक्न सरकारसँग माग गरेको छ ।

‘पार्टी अध्यक्ष उपस्थितिमा भएको पत्रकार सम्मेलन तथा केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकपछि सरकारलाई गरिएको जानकारीका बाबजुद हिजोको गिरफ्तारीको घटनाले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ’ एमाओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘चुनावको वातावरण बन्दै गएका बेला यस्ता कार्यले कतै सरकार नै चुनाव भाँड्न लागेको त हैन भन्ने आशंका उत्पन्न भएको छ ।’

माओवादीले आफ्ना कार्यकर्ता अधिकारीलाई रिहा गर्न माग गरेको छ । अधिकारीलाई रिहा गरी मुद्दा फिर्ता नगरे थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछउसले चेतावनी दिएको छ । माओवादीले द्धन्द्धकालीन मुद्दाहरुलाई सम्बोधन गर्न यथाशीघ्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी समस्याका समग्र समाधान गर्न सरकारसँग माग समेत गरेको छ ।

यो पनि पढ्नुस् 

एमाओवादीको उपत्यका बन्द फिर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment