Comments Add Comment

निर्वाचन बिथोल्न खोज्नेलाई जनताले छाड्दैनन् : नेपाल

२२ भदौ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको चाहना निर्वाचन भएको भन्दै नचाहनाविपरीत चुनाव बिथोल्न खोज्नेलाई जनताले नछाड्ने बताउनुभएको छ ।

रौतहटको गौरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले निर्वाचन बिथोल्न नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले दिएको चेतावनी गैरराजनीतिक र अराजकताको पराकाष्ठा भएको बताउनुभयो । आगामी मङ्सिर ४ गते जुनसुकै हालतमा पनि रेग्मी सरकारले नै निर्वाचन सम्पन्न गर्ने विश्वास प्रकट गर्दै नेता नेपालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्नुभयो ।

नेता नेपालले नेकपा माओवादीलाई चुनावमा सहभागी गराउन प्रमुख दलहरूले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै मुलुकलाई निकास दिन संविधानसभाको चुनाव एकमात्र विकल्प भएको बताउनुभयो । नेता नेपालले छिमेकी मुलुक भारत र चीनलगायतका अन्तर्राष्ट्रिय शक्ति पनि चुनावको पक्षमा रहेकोले चुनावको वातावरण बन्दै गएको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment