Comments Add Comment

धरान प्रवेश गर्ने सेउती पुल जोखिममा

२२ भदौ धरान । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरानमा सवारी साधन प्रवेश गर्ने सेउती पुलको दाँयाबाँया किनारा भत्कन थालेको छ । धरान र इटहरीआवत जावत गर्ने पुल लगातार आएको बर्षाका कारण जोखिममा परेको हो ।

sauti-pul

एक महिना अगाडि आएको बाढीले पनि सेउती पुल मुनि रहेको ज्याविङ पुल भत्काए पनि प्रशासनले केही चासो देखाएको छैन । कुनै पनि बेला पुल खस्ने र तराईका सम्पूर्ण क्षेत्रसँग धरानलगायत पहाडी जिल्लाको सम्पर्क टुट्ने सम्भावना बढेको छ ।

०६४ सालमा सम्झौता गरी ०६६ सालमा सम्पन्न गर्ने सरकार र ठेकेदार कम्पनीबीच सहमति भए पनि पुलको दुईवटा पिल्लर निर्माण बाहेक जीर्ण पुलको मर्मतसम्भार अहिलेसम्म हुन सकेको छैन । अनुमानित बजेट ५ करोड रुपैयामा सम्पन्न गर्ने लक्ष्यका साथ मैनाचुली कस्ट्रक्सन कम्पनीले ६ बर्ष अगाडि काम शुरु गरेको भए विभिन्न कारण देखाई निर्माण कार्य रोकेको हो ।

बि्रटिस सरकारले बनाइदिएको सो पुल त्यसपश्चात नेपाल सरकारले मर्मत संभारमा कुनै ध्यान दिन सकेको छैन । रड, सिमेन्टको म्याद गुजि्रसकेको सो पुलमा बर्षादका समयमा सडक विभाग र स्थानीय प्रशासनले सावधानी अपनाउन सवारी साधन अवात-जावतमा रोक लगाउनु बाहेक अन्य केही काम गर्न सकेको छैन । अझ पनि यसको मर्मत संभारमा ध्यान नदिने हो भने पुल कुनै पनि बेला भत्किने स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment