Comments Add Comment

रेग्मी अमेरिका नपुग्दै राष्ट्रसंघमा जनजातिले उजुरी हाल्ने

२२ भदौ, काठमाडौं । सुर्खेतको काक्रेबिहारमा बुद्धको मूर्ति राख्न नदिएको भन्दै आदिवासी जनजातिले संयुक्त राष्ट्रसंघमा उजुरी हाल्ने भएका छन् । सुर्खेत काक्रेबिहार बुद्ध मूर्ति प्रतिस्थापन संघर्ष समितिको शनिबार बसेको बैठकले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघमा जानुअघि नै राष्ट्रसंघीय आदिवासी मानवअधिकार समाधिक्षक समक्ष उजुरी गर्ने निर्णय गरेको हो ।

‘हाम्रो आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएपछि मुद्दालाई अन्तराष्ट्रियकरण गर्न लागेका हौं’ संघर्ष समितिका संयोजक फुपु छेम्बा शेर्पाले अनलाइनखबरसँग भन्नुभयो- ‘हामीले राष्ट्रसंघमा उजुरी दिने निर्णय गरेका छौं ।’

संघर्ष समितिले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघको महासभामा जाँदा कालोझण्डा देखाउने समेत बताएको छ । रेग्मी न्यूयोर्कमा हुने राष्ट्रसंघ महासभामा भाग लिन असोज ४ गते अमेरिका जाने कार्यक्रम छ ।

बैठकमा चौथो चरणको आन्दोलनबारे समेत छलफल भएको छ । ‘देशब्यापी रुपमा सशक्त आन्दोलन गर्ने निष्कर्षमा पुगेका छौं’ शेर्पाले भन्नुभयो-‘यसबारे छलफल हुँदैछ ।’ काक्रेबिहारमा बुद्धको मूर्ति राख्ने जनजातिको तयारीको विरोध भएपछि स्थानीय प्रशासनले रोक लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment