Comments Add Comment

एकल पहिचानसहितको सङ्घीयता मान्दैनौ : बडू

Dilendra-badu२३ भदौ, कञ्चनपुर । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले एकल पहिचानसहितको सङ्घीयता स्वीकार्न नसकिने बताउनुभएको छ । आइतवार बिहान नेपाली काँग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले माओवादीकै कारण विगतको संविधानसभा विघटन भएकाले एकल जातीय नभएर सामथ्र्यका आधारमा सङ्घीयतामा जानुपर्ने बताउनुभयो ।

नेकपा-माओवादीलगायतका दललाई समेत सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वस्त पार्नुभयो । नेपाली काँग्रेसका पक्षमा देशभरि नै जनलहर उर्लिंदो रहेकाले संविधानसभामा आफनो पार्टी नै ठूलो पार्टीका रुपमा देखापर्ने उहाँले बताउनुभयो । उहाँले आजैदेखि चुनावका लागि जुट्न कार्यकर्तालाई आहृवान गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment