Comments Add Comment

सबै दल मिलेर चुनाव सफल पार्नुपर्छ : सिंह

२४ भदौ, दोलखा । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मंसिर ४ मै संविधानसभाको दोस्रो निर्वाचन हुने दावी गर्नु भएको छ । सवै दल मिलेर चुनाव सफल पार्नतर्फ लाग्नु पर्ने वताउँदै महामन्त्री सिंहले दलहरु एकआपसमा मिलेर अघि बढेमात्र चुनाव सफल हुने वताउनुभयो ।

वीपी कोइरालाको १०० औँ जन्मजयन्तिको अवसर पारेर काँग्रेस पार्टी कार्यालय दोलखाको सोमवार उद्घाPrakashman-singhटन गर्दै उहाँले भन्नुभयो,’चुनावको मुखमा आएर एउटा दलले अर्को दललाई गाली गर्ने, अरुलाई दोष दिनु हुँदैन । सबै दल मिलेर चुनावमा जानु पर्छ ।’ सिंहले सवै राजनीतिक दलहरु मिलेर अघि वढेको खण्डमा मात्रै मुलुकमा स्थिरता कायम हुने भएकाले दलहरु एक हुनुको अर्को विकल्प नरहेको वताउनुभयो ।

उहाँले एकल जातीय पहिचानसहितको संघीयता काँग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,’काँग्रेसले साझा पहिचानसहितको संघियता भएको छ । त्यो भनेको पहिचान र सामथ्र्यका आधारमा संघीयतामा जानु पर्छ भन्ने हो । आर्थिक विकास , पूर्वाधारलाई हरेर कम प्रदेश वनाउनु पर्दछ ।’

सिंहले पहिचान र सामथ्र्यका आधारमा वढीमा सात प्रदेश बनाउनु पर्नेमा अडिक रहेको वताउनुभयो । उहाँले काँग्रेसले संसदीय व्यवस्थावाट दायाँ बायाँ नगर्ने समेत वताउनुभयो । कार्यक्रममा महामन्त्री सिंहले काँग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामाले पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि सहयोग गरेको एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment