Comments Add Comment

निर्यात अनुदान वृद्धि गर्न निर्देशन

२४ भदौ, काठमाडौं । नेपाल सरकारका निमित्त मुख्य सचिव कृष्णहरि वास्कोटाले निर्यात प्रोत्साहन अनुदान रकम वृद्धि गर्न निर्देशन दिनुभएको छ । उद्योगीले अनुदान पाउने प्रक्रिया छोट्याउन पनि उहाँले निर्देश गर्नुभयो ।

 krishna-hari-baskota

बास्कोटाले आज सोमबार सम्पन्न नेपाल बिजनेश फोरम, प्राइभेट सेेक्टर डेपलपमेण्ट कमिटीको बैठकमा उक्त निर्देशन दिनुभएको हो ।

साथै, उहाँले घरेलु उद्योग विकास, महिला उद्यमशीलता र प्रविधि विकास कोषमा रहेको १० अर्ब खर्च गर्ने कार्ययोजना तर्जुमा गर्न आग्रह गर्नु भयो ।

यसैगरी उहाँले वैदेशिक लगानी आकषिर्त गरी विश्वासको वातावरण निर्माण गर्न भीसा सम्बन्धी कानूनी व्यवस्था र इच्छा लागेका वखत लगानी फिर्ता लैजान सकिने सरल विधि सहित श्वेतपत्र नै जारी गर्न सम्वद्ध पदाधिकारीहरुलाई निर्देश गर्नु भयो ।

निजी क्षेत्रलाई झुलाएर नराख्न अनुरोध गर्दै निमित्त मुख्य सचिव वास्कोटाले सरकारको तर्फवाट गर्न नसकिने काममा प्रष्ट हुन आग्रह गर्नु भयो ।

उहाँले उद्योगहरु निश्चित ठाँउमा रहनु पर्ने र तहाँ विशेष फिडरद्धारा विद्युत सेवा प्रवाह गर्न निर्देश गर्नुभयो । महिला उद्यमीलाई ५ लाखसम्मको ऋण १ प्रतिशतमा प्रवाह गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन र विद्युत उत्पादनका क्षेत्रमा वाहृय लगानी भित्र्याउन छुट, सुविधा र आपसी समन्वयका साथै एकद्धार पद्दतिका लागि सहज रहन सरकारका सचिवहरुलाई विशेष आग्रह गर्नु भयो ।

निकासी पैठारीको काममा कार्यविधिगत सरलीकरण गर्न र राजश्व महशुललाई वैज्ञानिकीकरण गर्न आग्रह गर्दै निमित्त मुख्य सचिव वास्कोटाले मजदुरका लागि सामाजिक सुरक्षाको व्यवस्था र लचिलो श्रम कानून एकै पटक जारी गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

साथै, उहाँले निकासी वृद्धि गर्न, विलासिताका वस्तुको पैठारी निरुत्साहित गर्न, डुईङ्ग विजनेश डण्डेक्समा सुधार गर्न, लगानी वोर्डलाई प्रभावकारी तुल्याउन, लोडसेडिङ्गको समय घटाउन, वान स्टप सर्भिसको प्रत्याभूति गर्न, प्रशासनिक सास्ती घटाउन र निजी क्षेत्रमा सरकारी सेवाको विश्वसनीयता वृद्धि गर्न विशेष पहल गर्न समेत उच्च पदाधिकारीहरुलाई निर्देश गर्नु भयो ।

उहाँले सरकारी पदाधिकारीले मुलुकलाई औद्योगिकीकरणमा रुपान्तरित गर्न र व्यापार-व्यवसायलाई सहजीकरण गर्ने सन्दर्भमा कति कडाइ गर्न सके भनेर होइन कि कति सुविधा विस्तार गर्न सके र कति लगानी एवं व्यवसायिक वातावरण निर्माण गर्न सके भनेर आत्मालोचना गरी काम गर्न आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment