२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा सुवास निरौलालाई नियुक्त गर्ने सञ्चालक समितिको निर्णय सदर गरेको छ ।
कार्यवाहक प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलाशले आज उक्त निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको गत जुलाई १५ मा सम्पन्न १८७ औं बैठकले निरौलालाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि पुनरावेदन अदालत पाटनले अगस्ट २५ मा बोर्डको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चले पाटन अदालतको निर्णय पनि खारेज गरेको छ । निरौला सन् २००० मा पर्यटन बोर्डमा निर्देशक पदमा प्रवेश गरेका हुन् । निरौलाले बेलेभू युनिभर्सिटी अमेरिकाबाट नेतृत्व कलामा स्नातकोत्तर गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4