Comments Add Comment

भूकम्पको जोखिमबाट बच्न काठमाडौंमा बहुराष्ट्रिय सैन्य अभ्यास

२४ भदौ, काठमाडौं । नेपाली सेनाले अमेरिकासँग मिलेर भूकम्पलगायतको विपद व्यवस्थापनसम्बन्धी तालिमको शुरुवात गरेको छ । सोमबार होटल र्‍याडिसनमा युद्धकार्य महानिर्देशक उपरथी श्री पदमबिलास कार्कीबाट शुभारम्भ गरिएको तालिम भदौ २७ सम्म चल्ने नेपाली सेनाले जनाएको छ ।

अभ्यासमा पर्यवेक्षकका रुपमा अष्ट्रेलिया, बंगलादेश र संयुक्त अधिराज्य बेलायतका प्रतिनिधिहरु, गृह मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका अधिकारीको समेत सहभागिता छ ।

अभ्यासमा नेपाली सेना, अमेरिकी सेनाका प्रतिनिधिहरु, नेपाल सरकारका विपद् व्यवस्थापनसंग सम्बन्धित सरकारी तथा गैह्रसरकारी निकायका प्रतिनिधि तथा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत नेपाल स्थित विभिन्न एजेन्सीका प्रतिनिधिहरु सहभागी छन् । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अमेरिकी राजदुतावासका कर्मचारीहरुको सहभागिता रहने जनाइएकोे छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार भूकम्पलगायतका विपतका बेला गरिने उद्धारको भौतिक अभ्यास, खोज एवं उद्धारको प्रयास तथा बहुसंख्यक घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यास सञ्चालन गरिने बताइएको छ ।

काल्पनिक घटना सिर्जना गरेर गरिन लागेको यो अभ्यास नेपाली सेनाको जंगी अड्डा परिसर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको ई.ओ.डी., वीरेन्द्र सैनिक अस्पताल र महाराजगंजस्थित शिक्षण अस्पतालमा सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment