Comments Add Comment

लिम्बुवानमा चुनाव बिथोल्ने लिङ्देनको धम्की

२४ भदौ, धरान । अरुण नदी पूर्वका ९ जिल्लामा संविधानसभाको निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गरे प्रतिकार गर्ने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले चेतावनी दिएको छ । ३३ दलीय मोर्चामा सहभागी रहेको परिषदले भदौ २० र २१ गते सचिवालय बैठकको निर्णयको हवाला दिँदै यस्तो बताएको हो ।

अध्यक्ष कुमार लिङ्देनद्धारा जारी विज्ञप्तिमा आइतबारदेखि चुनावका कुनै पनि गतिविधि नगर्न र गरेमा प्रतिकारवाट भएको क्षतिको जिम्मेवार आफै हुनुपर्ने चेतावनी दिइएको छ । मोर्चासँग नयाँ राजनैतिक सहमति गरी गोलमेच सम्मेलनमार्फत चुनावको नयाँ मिति घोषणा गरेमात्र मुलुकले राजनैतिक निकास पाउने लिङ्देनले उल्लेख गरेका छन् ।

परिषदले बहिष्कारका नयाँ कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार भदौ २७ गते अरुणपुर्वको नौ जिल्ला र पूर्वका अन्य जिल्लामा बन्द आव्हान गरिएको छ । असोज ३ गते सुनसरीको इटहरीमा जनसभा गर्ने र असोज ९ र १० गते उमेद्वारी दर्तालाई बिथोल्ने उद्देश्यले दुई दिने नेपाल बन्दको घोषणा परिषदले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment