Comments Add Comment

चुनावमा आउने बाटो खोज्दै वैद्य माओवादी

 २४ भदौ, काठमाडौं । प्रमुख राजनीतिक दलहरु चुनावका लागि जिल्ला-जिल्लामा उमेद्वार सिफारिस गर्ने दौडधूप गरिरहेका बेला मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको आगामी असोज ४ गतेदेखि १० दिने अमेरिका भ्रमणको तयारीमा व्यस्त हुन थाल्नुभएको छ । उता देशैभरिबाट काठमाडौंमा जम्मा भएका वैद्य माओवादीका पोलिटब्यूरो नेताहरु चाहिँ दिनुहँजसो बुद्धनगरमा जम्मा भएर चुनावमा छिर्ने छिद्रको अन्वेषणतिर लागेका छन् ।

बाधा अड्काऊ फुकाउने तयारी समेत नभइरहेको र असोज १० गते उमेद्वारी मनमोनयनको तिथि तोकिएको अवस्थामा चुनावी सरकारका अध्यक्ष रेग्मी र गृहमन्त्री माधव घिमिरेसमेतको टोली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेको हो ।

मुलुकको जटिल अवस्था रहेका बेला १० दिनसम्म अध्यक्ष र गृहमन्त्रीको अनुपस्थिति रहनु उपयुक्त, नहुने प्रतिक्रिया आइरहेका बेला रेग्मीको टोली अमेरिका जान लागेको छ । ‘अध्यक्ष ज्यु अमेरिका गए पनि सरकारको दैनिक काम रोकिँदैन, कार्यबाहक अध्यक्षले सम्हाल्नुहुन्छ,’ सरकारी स्रोत भन्छ, ‘चुनावी कार्यक्रम निर्वाचन आयोगले गर्ने हो, यसमा सरकारको खासै काम हुँदैन ।’

अध्यक्षको अमेरिका भ्रमण रोकिने सम्भावनाबारे जिज्ञासा राख्दा स्रोतले भन्यो- ‘भ्रमणका लागि आवश्यक कागजपत्र मिलाउन थालिएको छ । अध्यक्षज्यू विशेष परिस्थितमा सरकार प्रमुख बन्नुभएको हुनाले यो परिस्थितिबारे राष्ट्र संघमा नेपालका तर्फबाट कुरा राख्न उहाँ इच्छुक देखिनुभएको हो ।’

मन्त्रिपरिषद अध्यक्ष रेग्मीले अमेरिका भ्रमणका अवसरमा आफ्ना छोरोछोरीलाई पनि भेट्न अवसर जुर्नेछ । रेग्मीका छोराबुहारी, छोरी र नातिनातिना अमेरिकामै हुनुहुन्छ ।

चुनावमा छिर्ने उपाय खोज्दै वैद्य माओवादी

यसैवीच गोलमेच सम्मेलनमा भएको सहमति वीचैमा भाँडिएपछि ३३ दल र सरकारवीच वार्ता हुने नसके पनि भित्रभित्रै छलफल भइरहेको र वैद्य माओवादीलाई चुनावमा ल्याउने तयारी भैरहेको सरकारी स्रोत बताउँछ ।वैद्य माओवादीभित्र चुनावमा भाग लिने र बहिस्कार गर्ने भन्नेमा दुईलाइन देखिएको अवस्थामा चुनावमा भाग लिन इच्छुक नेताहरुले दिनहुँजसो बुद्धनगरमा छलफल गरिरहेको स्रोत बताउँछ ।

चुनावमा आउने मार्ग प्रशस्त गर्नका लागि सरकारी अधिकारीसँग पनि भित्रीरुपमा छलफल भइरहेको सरकार र आन्दोलनकारी दुबै पक्षले स्वीकारेका छन् । तर, देशव्यापीरुपमा बहिस्कारका लागि मार्चपासको नेतृत्व गर्दै हिँडेका विप्लव र उहाँको समूहले भने निर्वाचन बहिस्कार गर्न सक्ने भएकाले वैद्य लगायतका शीर्षनेतालाई मंसिर ४ को निर्वाचनमा भाग लिने निर्णय गर्न निकै कठिन छ ।

अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मोर्चाले समेत मंसिर ४ को चुनावमा सहमति जनाइसकेपछि अब चुनावी प्रक्रियामा आउन बाँकी रहेको शक्ति वैद्य नेतृत्वको ३३ दलीय मोर्चामात्रै हो । यो मोर्चा निर्वाचनमा नआए पनि चुनावमा अघि बढ्ने सरकारी तयारी छ । तर, राष्ट्रपति र अन्य कतिपय दलहरु वैद्यलाई सहमतिमा नल्याई चुनावमा जवान नसकिने अडानमा देखिन्छन् । यद्यपि सरकारी स्रोतले भन्यो, ‘भित्रभित्रै छलफल भैरहेको छ, यसैसाता वैद्य माओवादी पनि मंसिर ४ को चुनावमा आउने सम्भावना छ ।’

गठबन्धनकारीकै दबावमा माओवादी

वैद्य नेतृत्वको नेकपा माओवादीलाई सहमतिमा आउन आफ्नो पार्टीबाट मात्रै नभई ३३ दलीय मोर्चाभित्रबाट पनि दबाव शुरु भएको छ । असोज १० अगावै या त सहमितमा आउनुपर्ने या बहिस्कारको बाटो रोज्नुपर्ने भन्दै ३३ दलीय मोर्चाभित्र रहेका साना दलहरुले वैद्य माओवादीलाई दबाव दिन थालेका छन् ।

‘असोज १० पछि या त हामीले आन्दोलनबाट जित्न सक्नुपर्छ, होइन भने हामी पेलाइमा पर्छौं, मोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘सहमति हुने ठाउँ छ भने अहिले नै ‘विन-विन’ पोजिसनमा सहमति गरौं ।’ साथै माओवादीहरुले विद्रोह गर्ने भए असोज १० अगावै लाइन स्पष्ट पार्न आफूहरुले दबाव दिइरहेको ती नेताले बताए । ३३ दलीय मोर्चाका नेताहरुले सहमतिको विन्दु खोज्न वैद्यसँगै चार दलका शीर्षनेताहरुसँग समेत अनौपचारिक सम्वाद थाल्ने तयारी गरेका छन् ।

यो पनि पढ्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment