Comments Add Comment

एमालेमा उम्मेद्वार तोक्ने समय आज सकिँदै

२५ भदौ, काठमाण्डौं । नेकपा एमालेले संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको सिफारिस गर्न तोकेको समय आज सकिदै छ । एमालेले आज सम्म संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको सिफारिस र राय आगामी भदौ २० गतेभित्र पठाइसक्न मातहतको पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । आज भित्रमा उम्मेदवारहरूको नाम आइसक्ने र बुधबार बस्ने स्थायी समितिको बैठकमा त्यस बिषयमा छलफल हुने एमालेले जनाएको छ ।

भदौ मसान्तभित्र उम्मेदवारहरूको प्रस्ताव तयार गरी केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने एमालेको तयारी छ । अहिले सम्म ६० भन्दा बढि जिल्लाहरुबाट उम्मेदवारहरूको नाम आइसकेको एमालेले जनाएको छ । आज बाँकी स्थानहरुबाट पनि नाम आउने सचिब युबराज ज्ञवालीले जानकारी दिनुभयो । विशेषज्ञ, दलित, महिला, जनजाति र तराई-मधेस क्षेत्रको प्रतिनिधित्वका निम्ति अत्यावश्यक महसुस भएको अवस्थामा बाहेक विगतको निर्वाचनमा समानुपातिक सूचीबाट संविधानसभाको सदस्य भएका व्यक्तिहरूलाई समानुपातिकतर्फको उम्मेदवार नबनाउने एमालेले निर्णय गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment