+
+
Shares

सप्त ऋषिको पूजासहित सकियो तीज (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १४:५३

२५ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीको दिन हिन्दू महिलाले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी कार्य गरेका छन् । पवित्र जलाशयमा गरी एक वर्षको सांकेतिक अर्थ दिने ३ सय ६५ वटा दतिवनले दाँत बाझी, शुद्ध माटो र तिलले नुहाएर ऋषिको पूजा गरेमा सौभाग्य प्राप्त हुने विश्वास हिन्दू महिलामा रहेको छ । ऋषि पञ्चमीसँगै महिलाको महान् चाड तीजको अन्त्य भएको मानिन्छ ।

यो दिन रजस्वला भएका महिलाले कश्यप, अत्री, भारद्वाज, जमदग्नि, विश्वामित्र र वशिष्ठ ऋषि तथा वशिष्ठ ऋषिकी धर्मपत्नी अरुन्धतीको पूजा गर्दछन् । पूजा सम्पन्न भएपछि महिलाले कर्कलाको परिकार खाने चलन छ । यो पूजाले अन्जानमा भएको जोखनितको पाप पनि नष्ट हुने विश्वास गरिन्छ ।

panchami-1

panchami-2

panchami-3

panchami-4

 

panchami-6

panchami-7

panchami-8

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?